Comments Add Comment

इनरिकेको स्पेनिस टिममा अल्बा अटाएनन्

१५ भदौ, काठमाडौं । स्पेनको प्रशिक्षक भएपछि लुइस इनरिकले पहिलो पटक टिम घोषणा गरेका छन् । तर, जोर्डी अल्बासँगै कोके र इआगो आसपास अटाएनन् ।

बार्सिलोनाबाट व्यवासियक फुटबल खेल्दै आएका अल्बा हाल उत्कृष्ट डिफेण्डर मध्ये एक हुन् । तर, इनरिकले स्पेनको टिममा उनलाई स्थान दिएनन् । इनरिकले बार्सिलोनाको प्रशिक्षक रहँदा पनि अल्बाले निकै कम मौका पाएका थिए ।

कोकेको अनुपस्थिति पनि आश्चर्यजनक छ । प्रशिक्षक इनरिकेको टिममा राहुल अल्बिओल भने अटाएका छन् । इटालियन क्लब नापोलीबाट खेल्ने ३२ वषर्ीय अल्बिओलले सन् २०१५ पछि राष्ट्रिय टिममा मौका पाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment