Comments Add Comment

उपेन्द्र यादव भन्छन् : गफ धेरै भए, अब काम गरेर देखाऔं

१५, भदौ, चितवन । उपप्रधानमन्त्री तथा स्वस्थ्य मन्त्री उपेन्द्र यादवले राजनीति र विकासका गफ धेरै भइसकेको भन्दै अब काम गरेर देखाउनुपर्ने बेला आएको बताएका छन् ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित अन्तरंग भवनको उद्घाटनमा उनले जनताको विश्वास जित्न अब कुरा नभई काम गर्नुपर्ने बताए ।

उनले राजनीतिको फोहोरी खेल र भष्ट्राचार अन्त्य भए देशको मुहार आफै फेरिने बताएका छन् । स्वास्थ्य र शिक्षा जस्ता संम्वेदनशील क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाए देश बरबाद हुने उपप्रधानमन्त्री यादवको भनाइ छ ।

उनले विदेशीले निर्माण गरिदिएका संस्थाहरुलाई देखाएर आफ्नो तारिफ र बहादुरी देखाउने परिपाटीको अन्त्य हुनुपर्ने बताए । ‘हामीले गरेको प्रगति भनेकै दैनिक ५/७ हजार देशका जनशक्ति बाहिर निर्यात गर्ने र ५/७ वटा लास नेपाल ल्याउने हो’ उनले भने, ‘यसमा हामीले के गर्व गर्ने ?’

देशमा आधारभूत स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने भन्दै यादवले यस क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताए । स्वास्थ्य क्षेत्रमा जम्मा ४ प्रतिशत लगानीले जनतालाई सर्वसुलभ र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न नसकिने उनले प्रष्ट पारे ।

देशका नागरिक स्वस्थ्य र शिक्षित भए देश आफै बन्ने उपप्रधानमन्त्री यादवको दावी छ । क्यान्सरका विरामी उपचार गर्ने चिकित्सक र प्राविधिक देशमै उत्पादन गर्नका लागि क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment