Comments Add Comment

खानेकुरा पकाउँदा कसरी त्यसको पोषक तत्व नष्ट हुन नदिने ? जान्नैपर्ने कुरा

हामी खाना किन खान्छौं ?

आम जवाफ हो, ‘भोक मेट्न ।’

यद्यपी खाना त्यही स्रोत हो, जसले हाम्रो शरीरलाई आवश्यक पोषक तत्व आपूर्ति गर्छ । अर्थात खानाबाट नै शरीरलाई चाहिने पोषक तत्व प्राप्त हुन्छ । यसर्थ खाना खानु केवल भोक मेट्नु मात्र होइन, शरीरलाई जीवित, उर्जावान्, स्वस्थ, तन्दुरुस्त बनाइराख्न पनि हो ।

तर, हामी भोक मेट्नका खातिर खानेकुरा खान्छौं । स्वादका लागि खान्छौं । त्यही कारण यसमा कुन खानेकुरामा के पोषक तत्व पाइन्छ, त्यसलाई कसरी ग्रहण गर्ने भन्ने कुरामा हामीलाई हेक्का छैन ।

प्रकृतिले हामीलाई यस्ता खानेकुरा दिएका छन्, जसले शरीरलाई बचाइराख्नका लागि आवश्यक पोषक तत्व प्रदान गर्छ । हरेक खानेकुरामा आफ्नै किसिमको पोषक तत्व हुन्छ । ति पोषक तत्व सन्तुलित मात्रामा शरीरले ग्रहण गर्छ । सोही अनुरुप सन्तुलित खानपान गर्नुपर्छ ।

कति खानेकुरा पकाएर खाइन्छ, कतिपय काँचो खाइन्छ ।

स्वादका लागि पोषक तत्व किन नष्ट गर्ने ?

खानेकुरा पकाउँदा अक्सर हाम्रो ध्यान के हुन्छ भने, त्यसलाई कसरी स्वादिलो बनाउने ?

तर, हामीले ध्यान दिनुपर्ने चाहि के कुरामा हो भने, कसरी त्यसको पोषक तत्वलाई सुरक्षित राख्ने ?

खानेकुरा विभिन्न प्रकृतिका हुन्छन् । ति खानेकुरा पकाउँदा कसरी त्यसमा भएको पोषक तत्व सुरक्षित राख्ने भन्ने कुरामा हामीले हेक्का राख्नैपर्छ । नभए त खाना खानु र भुस खानु एउटै हो, जसले पेट मात्र भर्छ । शरीरलाई आवश्यक पोषक तत्वका लागि पनि ठाउँ ओगट्छ ।

कसरी पकाउने खाना ?

खाना विभिन्न तरीकाले पकाइन्छ । कुनै खाना तारेर त कुनै उसिनेर पकाइन्छ । कुनै ग्रील गरिन्छ त कुनै हल्का फ्राई गरेर पकाइन्छ । खाना पकाउने तरीका पनि आ-आफ्नै हुन्छ ।

विभिन्न तरीकाले पकाउदा पनि कहिलेकाही जानेर वा नजानेर हामी खानामा भएको सम्पूर्ण पोषण तत्व सरक्षित गर्नमा असफल हुने गर्छौ । परिणामस्वरुप, स्वास्थ्यवर्दक तरीकाले खाना पकाउँदा पकाउँदै पनि ती खानेकुरामा भएको आवश्यक पोषण तत्व ग्रहण गर्नमा हामी असर्मथ हुन्छौ । यसको पछाडी दुईटा कारण मुख्य मानिन्छन् । कि त हामी खानालाई धेरै पकाउँछौ, या त काच्चै राख्छौ ।

पोषक तत्व कसरी सुरक्षित राख्ने ?

भिटामिन बी, सी, फोलेट लगायतको पोषण तत्व वाफ वा तातोमा बढी संवेदनशील हुन्छ, जसका कारण त्यसमा भएका आवश्यक तत्व क्रमश कम हुँदै जान्छ । खानामा भएका पोषण तत्व कम हुनुमा पकाउने समयावधी तथा आगोको रापले पनि धेरै प्रभाव पार्दछ । जबकी कम समयमा खाना पकाउने तरीका, तापक्रम तथा पानीको मात्राले पनि खानामा भएको पौष्टिक तत्वलाई संरक्षित गर्न निकै ठूलो भूमिका खेल्छ ।

यस हिसाबले भन्नु पर्दा हरिया सागसब्जी पकाउने सबै भन्दा राम्रो उपाय भनेको उसिन्नु हो । साजसब्जलाई उसिनेर पकाउदा यस्ता खानेकुरा छिटो पाक्नुका साथै यसमा भएका पोषणतत्व समेत नष्ट हुन पाउँदैन ।

खानामा पौष्टिक तत्वलाई कायम राख्न सागसब्जी तथा फललाई उचित तरीकाले काट्नु पर्छ । सागसब्जी वा तरकारीलाई ससाना टुक्रा बनाएर काट्दा त्यसमा भएका पौष्टिक तत्व नष्ट हुने सम्भावना धेरै हुने गर्छ । त्यस्तै, सागसब्जीलाई काटेपछि पानीमा डुबाउनले पनि कतिपय खानेकुरामा भएका पौष्टिक तत्व पानीमा घुलेर नष्ट हुने सम्भावना उच्च हुने गर्छ । त्यस्तै, सलाद तयार पार्दा खानेबेलामा मात्र तयार पार्नु पर्छ र हावाको सम्पर्कमा नआओस् भन्नका लागि राम्ररी छचोप्नु पर्छ ।

खाना पकाउनु अघि र पकाउँदा खानामा रहेको पोषण तत्वलाई नष्ट हुन नदिन पनि यी कुराहरुमा ध्यान दिन जरुरी छ ।

– तेल, वटर लगायतका फ्याटको प्रयोग गर्ने-हरिया साजसब्जी थोरै आलोकाचो नै रहन दिने

-खाना पकाउदा थोरै पानीको प्रयोग गर्ने

-खानामा अमिलो मिसाउने

-ताजा खाना खाने

खानामा फ्याक्ट प्रयोग बढाउने

मानिसहरु सोच्छन्, उमोलेको तथा स्टिम गरिएको खानेकुरामात्र स्वस्थकर हुन्छ । जबकी उमालेकै खानेकुरामा थोरै मात्र फ्याट वा चिल्लो मिसाउनाले पनि खानामा भएको पौष्टिक तत्व अझै बढ्ने गर्छ । फ्याटले खानाबाट मिल्ने पोषण अवशोषित गर्नमा शरीरलाई सहायता प्रदान गर्दछ । यसले खानाको स्वाद बढाउन समेत निकै मद्दत गर्दछ ।

केही सब्जी काच्चै राख्ने

ब्रोकाउली, बन्दा आदी तरकारी काच्चै खानु शरीरका लागि निकै फाइदाजनक मानिन्छ । यसमा मोयोसिनेज नामक एन्जाइम हुन्छ जसले व्याक्टेरिया तथा इन्फेक्सन रोक्नमा मद्दत गर्छ । जबकी यी खानेकुरालाई पकाउदा यसमा भएका एन्जाइम नष्ट हुने सम्भावना उच्च हुन्छ ।

खाना पकाउँदा पानीको प्रयोग गर्ने

खाना पकाउँदा हामी प्रायः पानीको प्रयोग गर्छौ । जबकी कुनै पनि हरिया सागसब्जीलाई धेरै बेर उमाल्नु हुँदैन । यसले खानामा भएको पोषण तत्व हराउन सक्छ । सागसब्जीमा पाइने पोषण तत्वलाई सुरक्षित राख्नका लागि पकाउँदा थोरै पानीको प्रयोग गर्नु पर्छ ।

खानामा अमिलो समावेश गर्ने

ब्रोकाउली, पालुङ्गो लगायतका सागसब्जीमा प्रशस्त मात्रामा आइरन पाइन्छ । खाना पकाउँदै गर्दा यस्ता खानेकुरामा भिटामिन सी, कागती, वा अन्य कुनै अमिलो पर्दाथ मिसाउनाले आइरन सोस्न मद्दत मिल्छ । त्यस्तै, कागती, सुन्तला आदीले शरीरमा पोषण तत्व अवशोषित गर्न मद्दत गर्छ ।

ताजा खाना खाने

जतिसक्दो ताजा खानेकुरा खाने बानी गर्नुपर्छ । लामो समयसम्म राखेको खाना वा वासी खानाबाट पोषण तत्व क्रमश कम हुँदै जाने गर्छ । जसका खाना खानु र नखानु लगभग एउटै जस्तो हुनपुग्छ । त्यसैले, खानालाई सकेसम्म पकाउना साथ खाँदा राम्रो मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment