Comments Add Comment

मुलाको मोलः कति फाइदाजनक, कति गुणकारी ?

‘मुला’ शब्द हामी कमसल, कमजोर वा नाथे भन्ने आशयमा प्रयोग गर्छौं । तर, यो शब्दले मुलाको अपमान गरिरहेको छ । किनभने मुला हाम्रो बोलीचालीमा प्रयोग गरिए जस्तो कमसल कुरा होइन । मुलाको स्वास्थ्य लाभ थाहा पाउनुभयो भने चकित हुनुहुनेछ ।

मुला यति स्वास्थ्य-मैत्री खाना हो, जसले एक होइन, अनेक लाभ दिन्छ । खासगरी पाचन प्रणालीमा यसको अहंम भूमिका रहन्छ ।

मुला बहुगुणी मात्र होइन, बहुउपयोगी पनि छ । यसलाई तपाईं अचार बनाएर खान सक्नुहुनेछ, तरकारी बनाएर खान सक्नुहुनेछ, सलादको रुपमा खान सक्नुहुनेछ । अरु विभिन्न परिकारमा मिश्रण गरेर खान सक्नुहुनेछ ।

आधुनिक जीवनशैलीका कारण मानिसहरु जंकफुड, चिल्लो, पिरो, तारेको तथा भुटेको खानेकुरातिर आर्कषित हुँदै गएका छन् । यस्ता खानेकुरालेे पेट सम्बन्धि समस्या निम्त्याउनुका साथै उच्च रक्तचाप, हाई कोलेस्ट्रोल, मधुमेह, मोटोपना, मुटु रोग, क्यान्सर, लगायतका दिर्घकालीन रोग निम्त्याउने गर्दछ ।

यस्ता समस्याबाट बच्नका लागि ताजा एवं स्वस्थ खानपान जरुरी छ । स्वस्थ खानपान विशेषगरी फलफुल, तरकारी हरिया साजसब्जी लगायतबाट पाइन्छ ।

खानामा हरिया सागसब्जी, गेडागुडी तथा सलादको मात्रा बढाएर पनि शरीरलाई आवश्यक पर्ने पोषणतत्व प्रदान गर्न सकिन्छ । सलादमा पनि विशेषगरी गाजर, मुला, काक्रो, टमाटरलाई विशेष स्थान दिन सकिन्छ ।

तर, मुलाबाट आउने दुर्गन्धका कारण मानिसहरु मुलाको नाम लिनासाथ सात कोष पर भाग्छन् । उनीहरु न त मुलाको तरकारी खान मनपराउँछन् । न त मुलालाई सलादकै रुपमा प्रयोग गर्छन् । काच्चै खान त परै जाओस् । सलादमै पनि कसैकसैले मुला राखेको छ भने पनि त्यसलाई पन्छाउने गर्छन् ।
जबकी हामीले सलादको रुपमा प्रयोग गर्ने मुलामा भिटामिन्स, फोलिक एसिड तथा एन्थोस्यानिन्स प्रशस्त मात्रामा पाइन्छ जसले शरीरलाई राम्रोसित काम गर्नमा मद्दत गर्नुका साथै अन्य थुप्रै फाइदा पुर्‍याउँछ ।

मुलाका फाइदा

-पाइल्सको समस्या कम गर्छ

-वजन घटाउँछ

-मांसपेशी मजबुत बनाउँछ

-कलेजो स्वस्थ राख्छ

-प्रतिरोधी क्षमता बढाउँछ

पाइल्सको समस्या कम गर्छ

कब्जियतका कारण पनि पाइल्स हुने गर्छ । मुलामा डिटक्सिफाइङ्ग गुण हुन्छ जसले पाचन प्रणालीलाई चुस्त बनाई कब्जियत हुने समस्याबाट राहत प्रदान गर्छ । त्यसैले पनि पाइल्स हुने व्यक्तिलाई चिकित्सकहरु मुला वा मुलाकेा जुस सेवन गर्न सल्लाह दिने गर्दछन् ।

तौल घटाउँछ

मुलामा नन-डाइजेस्टिबल कार्बोहाइड्रेट भरपुर मात्रामा पाइन्छ तौल कम गर्नमा लाभदायक मानिन्छ । त्यसबाहेक, मुलामा क्यालोरीको मात्रा ज्यादै न्युन हुन्छ र यसले शरीरको फ्याटलाई एकत्रित हुनबाट रोक्ने काम गर्छ । त्यतिमात्र हैन, यसले वेली फ्याट पनि कम गर्ने हुदाँ वजन कम गर्न चाहनेहरुका लागि राम्रो विकल्प हुन सक्दछ ।

मांसपेशी मजबुत बनाउँछ

मांसपेशीलाई मजबुती प्रदान गर्नका लागि पनि शरीरलाई विभिन्न पोषणतत्वको आवश्यकता पर्छ । त्यसमध्यको एक प्रोटिन पनि हो, जसले मांसपेशीमा व्लिडिङ्ग व्लक सरह काम गर्छ । र, मुलामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुदाँ मांसपेशीलाई मजबुत बनाउन पनि मुला सेवन गर्न जरुरी छ ।

कलेजो स्वस्थ राख्छ

जण्डिस लाग्दा होस् वा कलेजो सम्बन्धि कुनै समस्या हुदाँ होस्, चिकित्सकहरु प्राय मुला सेवन गर्नु सल्लाह दिने गर्छन् । मुलामा विशेषगरी एन्टी व्याक्टेरियल गुण हुन्छ जसले पेट र कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । मुलामा डिटक्सिफाइङ्ग तत्व समेत हुने भएकोले यसले रगतमा भएका विषाक्तलाई छान्न (प्युरिफाई गर्न) मद्दत गर्छ । साथै, यसले कलेजामा हुने विषाक्तलाई समेत सफा गरी कलेजोमा संक्रमण हुनबाट जोगाउँछ ।

प्रतिरोधी क्षमता बढाउँछ

मुलामा एन्टी अक्सिडेन्ट उच्च पाइन्छ । एन्टी अक्सिडेन्टले फि्र रेडिकल्ससित लड्नमा मद्दत गर्छ र सेल्स विग्रनबाट जोगाउँछ । मुलाले शरीरमा विषाक्त जम्मा हुनबाट रोक्नुका साथै शरीरमा रहेका सम्पूर्ण विषाक्तलाई बाहिर फाल्नमा मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment