Comments Add Comment

गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, दुईजना गम्भीर

१७ भदौ, गुल्मी । शनिबार राति गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको सदरमुकाम तम्घासबाट नेटा दर्लिङ्गको लागि छुटेको लु१ज १९५७ नम्बरको जीप मालिका गाउँपालिका २ दर्लिङ्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक रोशन खड्काले बताए ।

दुर्घटनामा परी मालिका गाउपालिका २ की ७५ वर्षीय मनकुमारी घर्तीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १३ जना घाइते भएका थिए ।

घाइतेमध्ये ५५ वषिर्य छबिकला पौडेल र ३८ वर्षीया रुन्जता घर्तीको पाल्पामा उपाचार भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक शिवबहादुर खत्रीले बताए ।

घाइतेमध्ये ११ जनाको जिल्ला अस्पताल गुल्मीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिव १० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment