Comments Add Comment

आयुष्मान, प्रियंका र अनुभवको ‘मनकी उजेली’

बाल-कलाकार अनुभव रेग्मी, नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीलाई फिचरिङ गरिएको एक भिडियो सार्वजनिक भएको छ । ‘मनकी उजेली’ बोलको गीतमा यी ३ कलाकारलाई देख्न सकिन्छ ।

यो भिडियोमा प्रियंका को माया पाउनका लागि लागिपरेका आयुष्मानको प्रेममा अनुभव तगारो बनेको देखाइएको छ । नारायण भण्डारीको शब्द तथा संगीत रहेको गीतमा दिपक महर्जनको स्वर छ ।

सुबोल थापाको कोरियोग्राफी रहेको गीतलाई बुद्ध थापाले खिचेका हुन् । बिकाश धमलाको सम्पादन रहेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । निर्देशक खड्काले भिडियोलाई केही फरक बनाउने कोशिश गरेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment