Comments Add Comment

साल्ट ट्रेडिङको सञ्चालक परिवर्तन

१७ भदौं, काठमाडौं । साल्ट ट्रेड्रिङ कर्पोरेशनको सञ्चालक परिवर्तन गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सहसचिव मुकुन्दप्रसाद पौडेललाई हटाएर मन्त्रालयकै सहसचिव नवराज ढकाललाई साल्ट ट्रेडिङको सञ्चालक नियुक्त गरिएको हो ।

मन्त्रालयबाट प्रतिनिधि परिवर्तन भएको पत्र प्राप्त भए पछि सञ्चालक परिवर्तन गरिएको साल्ट ट्रेडिङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment