Comments Add Comment

पोखरा महानगरका १० ठाउँमा फ्री वाइफाई

१८ भदौ, पोखरा । पोखराका विभिन्न १० ठाउँमा फ्री (निशुल्क) वाइफाई सेवा उपलब्ध हुने भएको छ । पोखरा महानगरपालिकाले वल्र्ड लिंक प्रालिसँग मिलेर १० ठाउँमा निशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो ।

निशुल्क वाइफाई उपलब्ध गराउने विषयमा महानगरपालिका र वल्र्ड लिंक प्रालिबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र वल्र्ड लिंक प्रालिका सिईओ केशव नेपालले हस्ताक्षर गरे ।

सम्झौतापत्र अनुसार पोखराको विन्ध्यवासिनी मन्दिर, महेन्द्रपुल, वडा नम्बर ५ को चिल्डे्रन पार्क, बाराहीघाट, मनिपाल अस्पताल, कोमागाने अस्पताल, डेभिजफल, सिसुवा अस्पताल, बेगनासतालको मन्दरेपार्क र लायन्स सामुदायिक अस्पतालमा निशुल्क रुपमा वाइफाई सेवा उपलब्ध हुनेछ । सामाजिक उत्तरदायित्व अन्तगर्त वल्र्ड लिंकले पोखरा केही ठाउँमा निशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको प्रालिका सिइओ केशव नेपालले बताए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरालाई स्मार्टसिटी बनाउने अवधारण अनुसार महानगरबासीलाई इन्टरनेटमार्फत् घरघरमै सेवा पुर्‍याउन महानगर लागि परेको बताए ।

आगामी दिनमा निशुल्क वाइफाई सेवालाई अझ विस्तार गरिने जिसीको भनाइ । वर्ल्ड लिंक पोखरा शाखाका प्रमुख युसफ श्रेष्ठले आगामी एक महिना भित्र १० ठाउँमा निशुल्क वाइफाई सेवा उपलब्ध हुने बताए । यसअघि वर्ल्ड लिंकले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पोखरा विमानस्थलमा फ्री वाइफाई उपलब्ध गराउँदै आएको छ । निशुल्क वाइफाई सेवा लिमिटेड हुने श्रेष्ठले बताए ।

तीन वर्षको लागि गरिएको सम्झौताापत्रमा वाइफाई जडानको लागि आवश्यक पर्ने विद्युतको व्यवस्थापन महानगरपालिकाले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment