1. ताजा अपडेट
Comments Add Comment
suman
२०७५ भदौ २८ गते १९:३५
राम्रो कुराको उठान। अन्य ठाउँहरुमा पनि यस्ता स्मारकहरु छन्। ति ठाउँहरुमा नेपाल र नेपालीहरुको नाम जोडिएको छ। जस्तो बेल्जियमको ईपर पार्कमा नेपाली लेख्न सकिन्छ भने रिमिनीमा किन सकिदैन ? सम्बन्धित निकायको ध्यान जावोस्।
shekhar agrawal
२०७५ भदौ २३ गते ९:२२
यो भ्रमको वा अप्रत्यासित जानाकारी भने होइन दशकौ अगाडी उठेको कुरो हो बास्तबिकता के हो भने त्यस बेला नागरिकताको वा कुनै परिचय पत्रको व्यवस्था थिएन अनि भारत पुगेर भारतीय संगै वा भारतीय को हलमा बेलायतले फिजी अफ्रीका बर्मा थाइल्याण्ड पुर्याएको हो र वहा हरुको नेपालको घर ठेगाना केहि न भएको अबस्थामा र भारतीयको हुलमा भारतीय नै बनेर गएको लडेको अनि बीरगति प्राप्त गरेको हुन् .. अब नेपाल सरकारले के गर्न सक्छ ? बीरगति प्राप्त गर्ने को नाम थर लाइ सार्बजनिक गरेर कोइ आफन्त ले वहा हरुको परिचय खुलाई प्रमाणित गराउन सक्यो भने मात्र हो मैले फिजीमा/फिजीका धेरै नेपाली(अष्ट्रेलिया मा )भेटेको छु तेस्रो पुस्ता चौथो पुस्ता भयो तसर्थ कोइ कोइ लाइ बाजेले भनेको सुनेको कारण नेपालको स्यांजा बाग्लुंग भन्ने ठाउ हो रे भन्ने समेत ज्ञान छ अरु अत्तो पत्तो छैन अब भावनामा बहकेर मात्र हुँदैन हिजो त्यहि सत्य थियो सम्भाव्य थियो लेखियो दोष समयको हो अरुको होइन ............
Rikutey
२०७५ भदौ २० गते २२:१७
Bharti hune Indian army ma. Training pani unarukai. Talab khane unaru kai. Army reg. no unarukai.. Tei mathi tya nepali sena ta lekhnai mildaena. Nepal nonaligned country Vanera thahai hola.. tei pani tya Gorkha Rifle Lekhekai xata.. patrakarita k ho teti thaha navaye pani yo news farak tarikale aunu parne ho.. tya nepali haruko cemetery purai details ko sath hunu nai garba ko kura ho...
Kham Bdr. Limbu
२०७५ भदौ २० गते २२:११
Bharti hune Indian army ma.. Training pani unarukai. Talab khane unaru kai. Army reg. no unarukai.. Tei mathi tya nepali sena ta lekhnai mildaena. Nepal nonaligned country Vanera thahai hola.. tei pani tya Gorkha Rifle Lekhekai xata.. patrakarita k ho teti thaha navaye pani yo news farak tarikale aunu parne ho. tya nepali haruko cemetery purai details ko sath hunu nai garba ko kura ho...
Shambhu Ghimire
२०७५ भदौ २० गते १८:३८
I really hope that one day they will be recognised as a Nepali citizens..
Amod Rai
२०७५ भदौ २० गते १३:०१
गोर्खा सिमेट्रीज ट्रष्टले गएको एक दशक देखी निम्न कामहरु गर्ने र गर्दै छ । पुर्खादिवसलाई वार्षिक पर्वको रुपमा मनाउँदै नेपाली एकताकोलागि इन्स्टिट्युसनको रुपमा विकास गर्ने बेलायत सरकार,कमनवेल्थ वल्र्ड ग्रेभ्स कमिशन र गोर्खा सिमेट्रीज ट्रष्टको संयुक्त कार्य सम्पादनमा विश्वभरि छरिएका गोर्खा समाधिहरुको पत्ता लगाउँदै सांख्यिकी निकाल्दै तिनीहरुको संरक्षण र संवद्र्धनको काम अघि बडाउँदै लैजाने सनाखत नभएका गोर्खाहरुको नामावली तयार पार्ने नेपाली इतिहासमा यतिञ्जेलसम्म छाँयामा पारिएका यति ठूलो गोर्खा हिस्सालाई आम नेपाली समुदायबीच ल्याउँदै नेपाली इतिहासलाई परिपूर्णता दिने काममा मद्दत गर्ने गोर्खा इतिहास लेख्ने गोर्खा विभूतिहरुको खोज गर्दै उनीहरुलाई सम्मान हुने खालका कार्यक्रम गर्ने गोर्खा इतिहास र गोर्खा विभूतिहरुलाई नेपाली पाठ्यक्रमभित्र ल्याउने गोर्खा साहित्य, कला र संगीतको उत्थान र विकास गर्ने काठमाण्डौमा प्रथम र दोस्रो विश्वयुद्धमा मृत्युवरण गर्नुहुने गोर्खाको पुण्यस्मृतिमा स्तम्भतल उठाउने पुर्खादिवसलाई विश्वव्यापिरुपमा सम्पन्न गर्दै गराउँदै लैजाने । यदी अनलाईखबरलाई गोर्खा ईतिहासको बारेमा बिस्तृत जानकारी चाहेमा गोर्खा सिमेट्रीज ट्रष्टलाई सम्पर्क राखनु सक्ने छ ।
Amrit Gurung
२०७५ भदौ २० गते ४:४८
बल्ल आज नेपाली पत्रकारलाई फुर्सद मिलेछ, इतालीको गोरखा बारे लेख लेख्नु. धेरै धन्यवाद ! अब अरु नि यस्तै cemetery हरु छन भिभिन्न देशामा तेस्को बारे नि लेख लेख्दिनुस. भारतिया सरकारले चाहि तेति सम्मान गर्देछ, नेपाल सरकारले कहिले गर्ने हो त्यो हेर्नै बाकि छ. धन्यवाद!
Alex Ghale
२०७५ भदौ २० गते २:०९
Nepal sarkar le himmatt ka saath british sarkaar lai vannyo vane Gurkhas from Nepal vanera lekhna sakkinxa. india lai ta kuro na gare hunxa. bekaarma bachhann khero maatra hunxa.
Chandra
२०७५ भदौ २० गते १:३९
सरकारले अाफ्नो नागरिकको इज्जत बढाउन, जोगाउन र माया गर्नु पर्ने हो! तर बिडमबना, यी गोर्खा सैनिकलाइ तत्कालिन शासकहरुले पशु सरह बेचेर आफ्नो शासन जोगाएका हुन! थप गुदि कुरो, मर्ने हरु अधिकाँस जनजाति छन जस्लाइ मास्न नै त बिदेशीको सेनामा भर्ना गर्न दिएका हुन्! अब हालको सरकार, कर, रेल र पानिजहाज भन्दा अरुकुरा गर्न मन र जनमत छैन भन्छ!!!
Karbir
२०७५ भदौ १९ गते २२:४९
Lets raise our voice against this inhumanity, injustice and discrimination and give some jobs to the lazy Nepalese staffs to look into. Apart from that, it is not clear that the martyrs family had received reasonable compensation and been informed about the location of grave yard. The Nepalese government now they should find out 1) Whether compensation was paid to affected family 2) Those who died were nepalese, why their identification is incomplete ? what is reason to hide ?, 3) If indians are not correcting their mistakes (headstone) then directly negotiate with Italy government to correct the grave markers. ****** RAISE OUR VOICE AGAINST THIS INJUSTICE AND INHUMANITY******
jeetendra kumar gurung
२०७५ भदौ १९ गते २०:३०
ma pani 1984 ma pugeko thiyo. well maintained the gorkhali history. The family of bir nepali must visit the site.
अनन्तराज
२०७५ भदौ १९ गते १९:२१
मलाई यो ठाउ छ भनेर अहिलेसम्म थाहा थिएन ! मैले यो लेख धेरै पटक पढें र विरगति पाएका गोर्खाहरुको नाम पनि सबै हेरें ! म धेरै भावविह्वल भएँ । यिनिहरुले ज्यान दिएकोो कारणबाट कयौं देशहरु उक्सिए, कयौंको राजसिंहासन जोगियो, कयौको अनगिन्ति स्वार्थ पुरा भयो तर उनिहरुले के पाए ? उनिहरुको परिवारले के पायो र नेपालले के पायो? यसबाट अरु धेरै त के आश गर्ने तर त्यहाँ उल्लेख गरिएका नेपालका विभिन्न ठाउहरु चैं भारतमा हैन नेपालमा पर्छन् भनेर प्रष्ट्याउने पहल होस् सबैतिरबाट!
हर्कविर
२०७५ भदौ १९ गते १९:०९
कमसेकम ' नेपाली भएपनि इस्ट इन्डिया कम्पनिको सेना भर्ना भई ब्रिटिस सरकारको तर्फबाट लडेका' भनेर लेख्दा र तिनि विरहरुका कुनै पुस्ताका भए पनि नजिकका नातेदार मार्फत राहत हुने क्षतिपुर्ति दिलाउन सक्ने हो भने धेरै भन्दा धेरै सहि हुनेथियो जस्तो लागो मलाई त!
बलविर
२०७५ भदौ १९ गते १५:५१
गर्ने मर्ने काजि पगाई धुत्ने पाजि भनेको यै हो! अब खोजबिन गर्ने हो भने त्यसबेला यि जवान सेनाहरु विरगति हुदा कुनै प्रकार क्षतिपुर्ति भएको हुनसक्छ र त्यो भारतिय सेनाका 'साहेब'हरुले लिएको पनि हुनसक्छ! ब्रिटिस सरकारसंग एकपल्ट रिक्वेस्ट गर्नुपर्यो सरकारि तवरले! हुन त फेरि सरकारि निकायका वहाहरुले सेटिङ मिलाएर बाहिर बाहिरै त्यो पनि पड्काउने होलान् !
खडूनिधि संग्रौला, झापा
२०७५ भदौ १९ गते १३:३६
मेरा हजुरबा भन्नु हुन्थ्यो हाम्रो पहाड गाँउ तप्लेजुङ्ग जिल्ला तमोरखोलाका थुप्रै युवा हराए पहिलो र दोश्रो बिश्वोयुद्धमा - लाहुरे बनेर बर्मा, बग्दाद,इटाली आदि ठाउँ सम्म पुगेको खबर चांहिं आयो तर न त लास, नत सास न पेन्सन, नत उपदान, न त केहि रकम मिलो गोर्खा भर्ती केन्द्र, घोपा क्याप र ब्रिटिस सरकार हो या कम्पनी बाट - कतै तिनको चिहान यहि मध्धे कहिँ छ कि ? कम से कम तिनको तलब र मर्दा पाउने रकम सम्म त् तिनका हकदार छोरा/छोरी , नाती /नातिनी पनाति/ पनातिनि लाइ दिनु पर्ने हो सरकारले पनि बेलायत् सँग कुरा गरेर क्षति पूर्ति दिलाउनु पर्ने हो । यस्ता कुरामा सराकर मौन बस्नु राम्रो हैन |
सुवेदी
२०७५ भदौ १९ गते १३:२६
गर्ने मर्ने हनुमान पगरी गुत्ने ढेडु ....
Niranjan Basnyat
२०७५ भदौ १९ गते १३:१९
The Government of Nepal should write to the Italian Government and the British Government to correct the mistakes. Actually the Gorkhas participated at the war as British soldiers. The Government of Malaysia has recognised the British Gurkhas' war martyrs as Nepali citizens. It is as clear as mirror in this 21st century.
दौलथमान
२०७५ भदौ १९ गते १३:१६
त्यहाँ ठाउ त गुल्मि, गोर्खा, लमजुङ भनेर खुलाए तर 'भारतिय सैनिक' भनेर पनि लेखे । त्यसबाट विचारा गोराहरुले ति सबै ठाउहरु भारतमा पर्दा रहेछन् भन्ने बाहेक के बुझ्लान् ? टाइटल नै भारतिय सैनिक भनेर राखेपछि नेपालीको के सम्मान भयो र? यसैलाई भन्छन् गर्ने मर्ने काजी पगाई खाने काजी! हेर्नुस् नेपालमा राष्ट्रियता बचाउनु पर्छ, आफ्नो स्वाभिमान ज्यान दिएर पनि कायम राख्नु पर्छ भन्ने विर पुर्खाहरु बितिसके, अहिलेका त सबै कमिशन र दलालीमा लुटपुटिएकाले न तिनमा त्यस्तो नैतिकता छ न जोश जागर! पृथ्वि नारायण शाह जस्तो विर सपुत जसले आफ्नो जवानि जिन्दगि नै नेपाललाई एक बनाउनमा सुम्पिए, कुनै सुखसयल नगरि दुख गरेर यस्तो हिरा देश छोडेर गए, उनले त बटुलेर सुम्पिएका थिए, उनको के दोष? तर बाघको छालामा श्यालको रजाई गरेर देशलाई यो अवस्थामा त अरुले पुर्याएका हुन् नि? तर उनको त्यो महान योगदानलाई त छायाँ पर्नेहरु देशमा हालिमुहालि गरिरहेका छन् । अनि यिनले के गर्लान् भनेर आश गर्नु ?
Khammba Sing Darlami
२०७५ भदौ १९ गते १३:०५
My Grand Grand Father and Grand Father were killed in First and Second World war, but the British Government has never ever paid any kind of compensations, insurance, pension or any kind of token of appreciation There are 2 lakhs Gorakhali youth families have never got any kind of information. Most of them were joined as "boys" and never returned home.
कुमार खतिवडा
२०७५ भदौ १९ गते १२:०७
यो समचार भारतीयहरूले पढून् । साँच्चै तिनिहरूको मनमा आत्मसम्मान कसरी आउछ होला ? वर्षैपिच्छे त्यसठाउमा सम्मानका लागि भारतीय सैनिकहरू जाँदा कसरी सम्मान ग्रहण गर्न सकेका होलान् नेपालीको नाम बेचेर ? त्यसवेला चिहानमा नाम लेखाउन सायद नेपालीको भन्दा भारतीयको पहँुच र उपस्थितिले त्यस्तो भएको हुन सक्छ । नेपाल र नेपालीको सम्मानको लागि आवश्यक पहल गरौँ ।
Kham Bdr. Limbu
२०७५ भदौ १९ गते ११:३९
Indian army lai indian forces nalekhera k nepali sena lekhne ta ?? k kura garxa yar...
Raj
२०७५ भदौ १९ गते ११:३४
Indian Army ma bharti bhaera yudha lade pachhi Indian Army nalekhe k lekhnu ta. jun sukai desh ko bhaepani jun desh ko army ma join bhaeko chha tehi desh ko sipahi bhaninchha. Edi kohi American Nepal Army ma join bhayo bhane uslai Nepal Army ko sipahi bhaninchha American army ko bhanera bhanidaina.
Khom Raj thopra
२०७५ भदौ १९ गते ११:३२
Gorkhali haru Indian army ko infantry division bata ladai jaane garthyo, as a part of British force in a whole. Sayad confusion teta bata aayo hola ra kasaile correct garnu pani khojena gorkhali haru ko real origin bare. Nepal le pani allied forces contribution ma afnai flag ma Nepali army deploy gareko thiyo , mostly India ma garrison duty ra limited fronts ra battle ma matra involved bhayo. Aarko confusion chai 3 GR still functioning regiment ho Indian army ko, sayad tai bhayera memorial invitation India tira pathako. Nation ko origin chai correct garnu parne ho cemetery ma, ya chai nepal sarakar ra regiment ko kamjori dekhiyo.
aawaj
२०७५ भदौ १९ गते ११:३२
होइन ति सालिक मा नेपाली लेखेरे के हुन्छ हो ? मर्नु मरी हाले, साचो कुरा तिनी हरु भारतीय सैनिक नै थिय | त्यहा कुनै गल्ति सूचना छैन | यदि सफेद साचो कुरा चाहियको हो भने इस्ट इंडिया कम्पनी सैनिक (गोर्खा राइफल ) लेख्नु ? वा They were British army originally from Nepal and still that tradition exist lekhnu? All in All, irrelevant! But, I regret our status through out the history! Please, could we try to construct our country rather than establish the identity of the already identified martyrs! I could only salute them!
Prakash
२०७५ भदौ १९ गते ११:२९
Ani Gurkha Rifles ta Indian kai ho kare ta...... indian ko nun khana gaya c indian le aafno vani haal6 ni. paisaa ko lagi bechaiyakaa nepali prati sadbhaab chha.
Prakash Puri
२०७५ भदौ १९ गते ११:२४
विश्व मानचित्रमा नेपाल र नेपालीको स्थान कहाँ रहेछ भन्ने पनि यसले देखाउँछ । खेतालाको योगदान भन्दा खेताला खोजेर काम लगाउनेकै नाम नेपालमा पनि अगाडि आउँछ । त्यस्तै हो । दुःखको कुरा हो ६१८ जना वीर नेपालीको एकै चिहान हुँदा पनि भारतीय भनी सम्बोधन गरिनु ।
Urmila Devi Manandhar
२०७५ भदौ १९ गते ११:१५
dukhi
Padam Singh Thagunna
२०७५ भदौ १९ गते ११:१२
Even they are Gorkha but employed by india in "Gorkha Rojment" therefore they are recognized as indian army

इटालीमा नेपालीको सामुहिक चिहान, जसमा ‘भारतीय’ लेखिएको छ !

पुग्नेहरु भन्छन्- नेपाल सरकारको ध्यान जाओस्

१९ भदौ, बार्सिलोना । इटालीको रिमिनीमा रहेको ‘रमिनी गोरखा वार सेमेटरी’ अर्थात् गोरखाहरुको एक सामुहिक चिहानघर वा समाधिस्थल हो । यहाँ पहिचान खुलेका र नखुलेका गरी ६१८ जना नेपालीहरुको चिहान छ । जसमध्ये ५९१ सैनिकहरुको पहिचान समेत खुलाइएको छ ।

तर, दोस्रो विश्वयुद्धमा वीरगति पाएर पनि यी नेपालीहरुको पहिचान नेपाली बन्न सकेन । उनीहरु नेपाली भएता पनि ‘भारतीय सैनिकहरु’ भन्दै पहिचान खुलाइएको छ ।

स्मारकमा हिन्दी भाषामा लेखिएको छ, ‘उन भारतीय सैनिकों के सम्मान में जिन्हों ने रणक्षेत्र में वीरगति पाई और जिनका दाह संस्कार किया गया ।’ अर्थात् ती भारतीय सैनिकहरूको सम्मानमा, जसले लडाइँको मैदानमा वीरगति प्राप्त गरे र जसको दाहसंस्कार गरियो ।’

आजभन्दा करिब ७५ वर्षअघि दोस्रो विश्वयुद्धताका बेलायतको पक्षमा जर्मनीविरुद्ध लडेका गोरखा रेजिमेन्टका नेपाली सैनिकहरु थिए उनीहरु । त्यतिबेला बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भइसकेको थिएन ।

नेपालीहरुले ज्यान गुमाए पनि त्यहाँ नेपाल र नेपालीहरुको नाम उल्लेख नहुँदा स्मारकमा पुग्ने धेरै नेपालीहरुले दुःख ब्यक्त गर्दै आएका छन् । विदेशी सैनिक फौजबाट युद्धमा लडेका भए पनि मरणोपरान्त उनीहरुको पहिचान नेपाल र नेपालीसँग जोडिनुपर्ने उनीहरुको माग छ ।

यसैक्रममा अनलाइनखबरले स्मारकमा पुगेका केही नेपालीहरुसँग कुराकानी गर्दै उनीहरुको अनुभूति आफ्ना पाठकमाझ साट्ने कोसिस गरेको छ ।

युरोप भ्रमणमा रहेका गायक मिलन लामा, हाल इटालीमा नै रहेकी अल्ट्रा धाविका मिरा राई र १८ वर्षदेखि इटालीमै बस्दै आएका चितवनका शम्भु घिमिरेको अनुभूति हामीले यहाँ प्रस्तुत गरेका छौं –

कसलाई भन्नुपर्ने हो ? नेपालीको पहिचान स्थापित गरौं

-मिलन लामा, लोक तथा दोहोरी गायक

युरोप भ्रमणको क्रममा नै इटालीको रिमिनी नजिकै मोन्तेजेमा बस्ने एक मित्रसँगै म त्यहाँ पुग्ने अवसर पाएँ । जब गाडी रोकेर भित्र पसेपछि गोरखा लेखेको देखेँ, मेरो ध्यान त्यतैतर्फ गयो । भित्र छिरेपछि त चिहानै चिहान देखें । त्यहाँ नेपाली नामहरु पढ्दा अत्यन्त दुःख लाग्यो ।

म एकछिन त भावविह्ल भएँ । फेसबुकमार्फत मैले लाईभ पनि गरें । जहाँ लाखौंले हेरेका छन् । हजारांैपटक सेयर भएको छ । यो सबै नेपाल र नेपालीहरुप्रतिको चासो हो भन्ने बुझिन्छ ।

मान्छे मरेर गए पनि सयौं नेपालीहरुको स्मृतिमा एउटा ठूलो स्मारक बनाइएको छ । ठाउँठाउँमा फूल रोपेर अति सुन्दर तरिकाले सजाइएको छ । कति टाढा आएका रहेछन् हाम्रा गोरखाहरु । त्यसमाथि अरुका लागि लड्नुपर्ने, अरुका लागि मर्नुपर्ने । साँच्चिकै मेरो आँखा रसाए ।

मलाई त विश्वयुद्ध लडेका जनजातिहरु मात्र होलान् भन्ने भ्रम थियो । गुरुङ, मगर, तामाङ, राई, लिम्बु मात्र हुन् भन्ने लाग्थ्यो । त्यहाँ त बस्नेत, खड्का, ठाकुर आदि इत्यादि जातिहरु पनि देखें । त्यहाँ स्पष्टले खुलेको छ- गुल्मी, गोर्खा, लमजुङलगायत नेपालका कुना कन्दरा । तर, नेपाल र नेपालीहरुको अस्तित्व कहीँ कतै देखिएन ।

तर, संसारलाई नै थाहा छ गोर्खालीहरु नेपालीहरु नै हुन् भन्ने । तर, पनि नेपाल र नेपालीभाषीहरुको पहिचानका लागि हामीले अनुरोध गर्न सक्नुपर्छ । कसलाई भन्नुपर्ने हो ? कसको पहुँच पुग्छ ? यी सबै नेपालीहरु हुन्, नेपालीभाषीहरु हुन् भन्ने उल्लेख गर्न सकेमा धेरै राम्रो हुन्थ्यो ।

अर्को पीडा के भयो भने नेपालीहरु मात्र मरेका हुन् त ? मैले एकछिन सोचें। जर्मनीसँग लड्दा उनीहरु पनि त मरे होलान् नि । आखिर युद्ध ठूलो हिंसा नै हो । लडाइँमा दोहोरो क्षति हुन्छ । कामना गर्छु यो स्थिति फेरि नदोहोरिहोस् ।

अन्याय भयो, नेपाल सरकारले चासो राखोस्

-शम्भु घिमिरे, चितवन (हाल इटाली)

इटालीको रिमिनी आफैंमा पर्यटकीय गन्तब्य हो । विशेष गरी सामुद्रिक किनारामा गएर रमाउनका लागि प्रचलित छ । अर्कोतर्फ एउटा छुट्टै सानो मुलुक सानमारिनोमा हेर्ने र घुम्नेको संख्या ठूलो छ । सानमारिनो रिमिनी हुँदै पुगिन्छ । त्यतै लाग्ने क्रममा एक इटालियन साथीबाट स्मारकबारे पहिलोपटक जानकारी पाएको हुँ ।

१० वर्षअघि त्यहाँ पुग्दा म निकै भावुक बनेको थिएँ । त्योभन्दा पनि अघि को-को नेपालीहरु पुगे वा पुगेनन् यकिन भएन । तर, १८ वर्षे मेरो इटाली बसाइँमा सम्भवतः पहिलो पटक मैले त्यहाँ पुग्ने अवसर पाएजस्तो लाग्छ ।

त्यतिबेला अहिलेजस्तो सामाजिक सञ्जालको प्रयोग हुन्थेन । एक्कासी खबर भाइरल हुने अवस्था पनि भएन । तर, पनि यताउता हुँदै इटालीस्थित नेपाली समुदायलाई स्मारकबारे जानकारी भयो । अहिले त यहाँ नेपालीहरु आएर गोरखाहरुको सम्झनामा सम्मान ब्यक्त गरिरहन्छन् । नेपालबाट आएका पाहुनाहरुले समेत त्यहाँ पुगेर चासो ब्यक्त गर्न थालेका छन् ।

मलाई यो कारणले अत्यन्तै दुःख लाग्छ कि त्यहाँ प्रष्ट हिन्दी भाषामानै लेखिएको छ- ‘ती भारतीय सैनिकहरूको सम्मानमा, जसले लडाइँको मैदानमा वीरगति प्राप्त गरे र जसको दाहसंस्कार गरियो ।’ तर, हाम्रा नेपालीहरु सयौको संख्यामा मर्दा पनि नेपाल र नेपालीहरु भनेर कतै उल्लेख गरिँदैन ? यस्ता तथ्यहरुप्रति नेपाल सरकारले पनि किन चासो राख्दैन ?

केहि जवानहरुको उमेर १८ वर्ष पनि पुगेको छैन जुन त्यही उल्लेखित तथ्यले नै बताउँछ । अन्याय भएको मैले महसुस गरेको छु । त्यतिबेला नेपालको कुना-कुना र दुर्गम ठाउँहरुबाट भर्खर भर्खरका कलिला केटाहरुलाई खोजेर भर्ती गराएको मेरो बुझाइ छ ।

उनीहरु नै नेपाल आएर बलिया बलिया छानेर जागिरको लोभमा भर्ती गराए, यसमा कुनै शंका नै छैन । भारतको लागि वा उसको स्वार्थको लागि नेपालीहरु यसरी ज्यान गुमाउँछन् तर मरेपछि पनि अस्तित्व र सम्मान छैन । उल्टो उसैसँग हामी सधैं झुकिरहनु परेको छ ।

यस अर्थमा पनि मलाई सधैं नरमाइलो र पीडा महसुस हुन्छ । एउटा देशको नागरिकले अर्को मुलुकका लागि ज्यान गुमाउँछ भने त्यो भन्दा ठूलो र महत्व के हुन सक्ला र ? कुनै एक भारतीय सैनिकले नेपालका लागि ज्यान गुमाओस् त उसका लागि हामी कति सलाम ठोक्छौं । सम्भवतः पूजा नै गर्छौं होला ।

इटाली सरकारको यहाँस्थित कम्युनले हरेक वर्ष भारतीय सेनाहरुको सम्मानमा कार्यक्रम राख्ने गर्दछ । भारतीयहरुलाई नै निमन्त्रणा जान्छ र उनीहरु नै आउने गर्दछन् । हाम्रा नेपालीहरु मरेका छन् तर, भारतीयहरुले सम्मान खान्छन् । यसमा मलाई असाध्यै दुःख लाग्छ । यति धेरै पूर्खाहरुले ज्यान गुमाइसके, हाम्रो पनि अस्तित्व हुनुपर्‍यो नि । मेरो बिचारमा त्यहाँ कतै नेपाली भन्ने शब्द हुनुपर्छ, नेपाली भन्ने नाम हुनुपर्छ, नेपालीले सम्मान पाउनुपर्छ ।

मैले त्यहाँ पुग्दा नेपालको द्वन्द्वकाल सम्झिएँ

– मिरा राई, अल्ट्रा धाविका

१३ जून २०१६ अर्थात् २ वर्ष अघि मैले त्यहाँ पुग्ने अवसर पाएकी थिएँ । संजोगले फेरि म अहिले इटालीमा नै भएका बेला यहाँले सम्पर्क गर्नुभयो । त्यसैले पनि ती परिदृश्यहरु मेरो मानसपटलमा झन् ताजा भएर आएका छन् । म त्यहाँ पुगेर अवलोकन गरेपछि दुईथरी प्रश्न मनमा आएका थिए ।

पहिलो- कति सानो-सानो उमेरमा पनि लडाइँमा भाग लिएका ती युवाहरुले । लडाइँमा वीरगति प्राप्त गर्नुभएका उहाँहरुको सम्मानमा जुन स्मारक बनाइएको छ, त्यो आफैं ऐतिहासिक छ । अति नै राम्रो तवरले सजाइएको छ । वीरगति प्राप्त गर्नेहरुको नाम ढुंगामा लेखिएको छ । त्यहाँ नेपालमा विभिन्न ठाउँहरु उल्लेख छन् । यसले हामीले मात्र हैन, पछिका पुस्ताहरुले पनि आफ्नोपन महशुस गरिरहने छन् ।

दोस्रो कुरा- नेपालमा पनि लामो समयसम्म द्वन्द्व भयो । अझ म त द्वन्द्वकालमा एक सिपाही हुँ । आज बाँचेर नै यहाँहरुसमक्ष कुरा गर्न पाएकी छु । तर, मैले धेरै साथीहरु गुमाएकी छु । हजारौं नेपालीहरुले वीरगति प्राप्त गरेका छन् । दशकौं अघि विश्वयुद्ध लडेका गोरखाहरुको नाम, ठेगाना, उमेर सबै खुलाउँदै यस्तो ऐतिहासिक स्मारक बनाइएको छ । तर, हामीहरुले पनि युद्धमा हजारौंलाई गुमायौं, उनीहरुको सम्मान खै ? उनीहरुको अस्तित्व खै ?

म त्यहाँ पुग्दा यसकारण पनि झनै भावुक र भावविह्वल भएँ । एक अर्थमा पुराना सम्झना गर्दै गर्दा द्वन्द्वकालमा ज्यान गुमाउने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई पनि सम्झिएँ । किन हाम्रो देशमा मात्रै कुनै योगदानको कदर हुँदैन भन्ने प्रश्न जाग्यो ।

धेरै साथीहरु गुमाइयो कति त अझै पनि पीडामा हुनुहुन्छ । घाइतेहरुको राम्रो उपाचार ब्यवस्था छैन, न त उचित सम्मान नै छ । अहिले त मुलुकमा शान्ति नै छ नि  ईच्छा भयो भने लडाइँमा ज्यान गुमाएका सबै नेपालीहरुप्रति सम्मान ब्यक्त गर्न सकिन्छ ।

विभिन्न कालखण्डमा मुलुकका लागि लडेर विरगति प्राप्त गर्नेहरु छन् यस्तै स्मारकबाट हामीले सम्झन सकिन्छ । यहीँबाट पनि पाठ सिक्नुपर्छ कि आफ्नो इतिहासको संरक्षण आफैले गर्न सक्नुपर्छ ।

हेर्नुहोस् पहिचान खुलेका ५ सय ९१ सैनिकहरुको नामावली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

3%

खुसी

82%

दुःखी

4%

अचम्मित

1%

उत्साहित

10%

आक्रोशित

ट्रेन्डिङ

Advertisment