Comments Add Comment

पूजा र आकाशको टुँडिखेलमा देउडा नाच

चलचित्र ‘रामकहानी’को प्रचारमा जोडतोडका साथ लागेका यसका मुख्य कलाकार सोमबार बेलुकी काठमाण्डौको टुँडिखेलमा आयोजना भएको गौरा पर्वमा पुगे ।

नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकारहरु जितु नेपाल, राजाराम पौडेल हजारौ दर्शकको विचमा पुग्दा दर्शकले पनि ताली बजाएर स्वागत गरेका थिए ।

देशका चर्चित नेताहरु समेत उपस्थित भएको गौरा पर्वको कार्यक्रममा पुगेका कलाकारले दर्शकसँग चलचित्रको बिषयमा कुरा कुरे ।
उनीहरुले, नेताहरुसँगै देउडा नाँच समेत नाचेका थिए । टुँडिखेलमा उपस्थित दर्शकमाझ चलचित्रको बिषयमा कुरा गर्न पाउँदा खुशी लागेको नायिका पूजा शर्माले बताइन् ।

कार्यक्रम सकिएपछि उनीहरुलाई कार्यक्रम स्थानबाट बाहिरिन हम्मे हम्मे परेको थियो । फ्यानहरुले सेल्फी खिच्नका लागि तछाडमछाड गर्दा केही समय पूजा र आकाश भीडमै अल्भिmएका थिए ।

सुदर्शन थापा निर्देशित यो चलचित्र शुक्रबारदेखि रिलिज हुँदैछ । कमेडी तथा लभ स्टोरी कथामा निर्माण भएको चलचित्र हेर्न आफूहरु उत्साहित भएको दर्शकहरुले प्रतिक्रिया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment