Comments Add Comment

श्रद्धाको करिअरलाई राहत, ‘स्त्री’ले बक्स अफिसमा कमाल गर्‍यो

निरन्तर असफल चलचित्र बक्स अफिसमा आएपछि निराश बनेकी बलिउड नायिका श्रद्धा कपुरको करिअरमा शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘स्त्री’ले ठुलो राहत दिएको छ ।

श्रद्धा बक्स अफिसमा असफल हुँदा उनी बलिउडमा अहिलेका नायिका भन्दा धेरै पछि परेको चर्चा हुन थालेको थियो । तर, हरर कमेडी चलचित्र उनको करिअरमा अक्सिन बनेको छ ।

शुक्रबार करिब ७ करोडको कमाई गरेको थियो चलचित्रले शनिबार १०.८७ करोडको कमाई गरेको थियो । आइतबार चलचित्रले १४.५७ करोडको कमाई गर्‍यो । सोमबार चलचित्रको व्यापार ४ देखि ५ करोडमा झर्ने आँकलन गरिएको थियो ।

तर, सोमबार यो चलचित्रले ९.७० करोडको कमाई गरेको थियो । वर्ड अफ माउथ निकै गतिलो पाएको यो चलचित्रले ४ दिनमै ४१.९७ करोड कमाई गरिसकेको छ । चलचित्र ४ दिनमै बक्स अफिसमा सुपरहिट भैसकेको छ । राजकुमार राव र श्रद्धा कपुर चलचित्रको मुख्य भुमिकामा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment