Comments Add Comment

मोती पुरस्कार केशब र चन्द्रलाई

१९ भदौ, काठमाडौं । यस बर्षको युवा मोती पुरस्कार साहित्यकारद्वय केशब सिग्देल र चन्द्र रानहँछालाई प्रदान गरिने भएको छ ।

राष्ट्रिय युवा कोषका अध्यक्ष कालीप्रसाद रिजालको अध्यतामा बसेको बैठकले सिग्देल र रानहँछालाई संयुक्तरुपमा उक्त पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कारको राशी ५० हजार रुपैंया र स्वर्ण पदक रहेको छ ।

पुरस्कार भदौ २४ गते कवि तथा जीवनीकार मोतीराम भट्टको जन्म दिन पारेर प्रदान गरिनेछ । २०४२ सालमा स्थापना भएको उक्त पुरस्कार मोतीराम भट्ट झैं लुकेका श्रष्टालाई बाहिर ल्याउने तथा सिर्जना दुबै क्षमता भएका साहित्यकारलाई प्रदान गरिने पुरस्कार नीतिमा उल्लेख छ ।

युवा अवस्थामै मृत्युवरण गर्न पुगेका मोतीराम भट्टको सम्झनामा ४० वर्ष मुनिका युवा श्रष्टालाई यो पुरस्कार दिने गरिएको छ ।
हालसम्म ६५ जना श्रष्टा यो पुरस्कारबाट सम्मानित भैसकेका छन् ।

पुरस्कृत प्रतिभा केशब सिग्देलले भानुभक्तको रामायणलाई अंग्रेजीमा अनुवाद गरेका छन् भने चन्द्र रानहँछाको ‘चिविया चराको गीत’ पुस्तक प्रकाशन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment