Comments Add Comment

कलेजो कसरी र किन खराब हुन्छ ?

हुन त शरीरका हरेक अंगको आ-आफ्नै महत्व र विशेषता छन् । त्यसमध्ये कलेजो यस्तो अंग हो, जसले पाचन क्रियामा सघाउनेदेखि शरीरका विषालु पदार्थ अलग गर्नेसम्मको काम गर्छ । अब सोच्नुहोस् त, कलेजो नै खराब भए के होला ?

यो प्रश्नको जवाफले तपाईंलाई थर्कमान बनाउन सक्छ ।

कलेजोमा खराबी भए पाचन यन्त्र चुस्त हुँदैन । शरीरमा विषाक्त पदार्थ फैलन्छ । जब शरीरमा विषाक्त पदार्थ फैलन्छ, तब विभिन्न अंगमा त्यसको सोझो प्रभाव पर्न थाल्छ । यसले क्रमस मिर्गौंला, मुटु सबैमा असर गर्न सक्छ । यति संवेदनसिल कलेजोको सुरक्षा वा बचाउ कसरी गर्ने ? के यसबारे तपाईं हामीले सोचेका छौ ?

अक्सर हामी यसबारे घोत्लिदैनौं । कसरी कलेजो स्वस्थ हुन्छ, राम्रो हुन्छ भन्ने कुरा जानेर त्यही अनुसारको खानपान वा जीवनशैली अंगाल्ने अभ्यास पनि गरिदैन । यही भूलले हामीलाई जीवनभर पछुतोमा पार्न सक्छ ।

कलेजको काम

हामी जिउँदो रहन र स्वस्थ लिनको लागि शरीरमा जुन कार्य हुन्छ त्यसमा धेरै काम कलेजोले सम्पन्न गर्छ । कलेजोमा समस्या भएमा कैयौं किसिमका रोग जस्तै फ्याटि लिभर, लिभर इन्फेक्सन्, हेपाटाइटिस, जन्डिस आदी रोगहरु हुन्छन् ।

शरीरको पोषणको लागि कलेजो किन जरुरी छ ?

हामी जब कुनै चीज खान्छौं त्यतिखेर पाचन प्रणालीले यसलाई तुरुन्तै सानो सानो टुक्रा बनाइदिन्छ । यसपछि यो आहार रगतको सहाराले हेपाटिक पोर्टल सिस्टमको माध्यमबाट कलेजोसम्म पुग्छ ।

कलेजोले भोजनमा पनि सबै पोषकतत्व जस्तै भिटामिन, मिनरल्स एन्टिअक्सिडेन्ट्स आदीलाई अलग अलग गर्छ र शरीरको आवश्यकता अनुसार यसलाई अलग अलग अंगमा पुर्याउँछ ।

यसले केही पोषक तत्वहरुलाई भण्डारण गर्छ ताकी यसले उर्जाको तुरुन्त आवश्यकता हुने अवस्थामा प्रयोग गर्न सकियोस् । यदि कुनै स्थितीमा कलेजोलाई काम गर्न समस्या आयो भने भोजनबाट लिइएको पोषक तत्व शरीरका सबै अंगले ठिकसँग प्राप्त गर्न सक्दैनन् ।

यसैले कलेजो खराब हुना भएमा केही मानिस सुक्दै जान्छन् वा उनीहरुको तौल कम हुन थाल्छ ।

शरीरका विषालु पदार्थलाई अलग गर्छ

हाम्रो शरीरमा सबै रगत कलेजो भएर नै जाने गर्छ । रगतमा हुने विषालु तत्व र हानीकारक तत्व अर्थात टक्सिन्सलाई कलेजोले अलगअलग गरेर शरीरबाट बाहिर निकाल्न सकोस् भनेर सबै रगत कलेजो भएर नै जाने गर्छ ।

शरीरमा खानपिनको क्रममा यस्ता कैयौं टक्सिनहरु प्रवेश गर्छन् । जसले शरीरलाई नोक्सान हुन सक्छ । यी टक्सिन शरीरमा रहनाले यसलेकोषहरुलाई नोक्सान गर्छ । साथै प्रोटिन र हार्मोनलाई नोक्सान पुर्याउँछ ।

पोषक तत्वको भण्डारण कक्ष

कलेजोले आफू भित्र आइरन, आवश्यक भिटामिन वा मिनरल्स स्टोर गर्ने काम गर्छ । त्यसैले कलेजोले नै तपाईंलाई अगाडि बढ्न वा शरीरको सबै काम गर्ने तागत दिन्छ । कलेजोले आफू भित्र उर्जा उत्पादन गरेर राख्छ ।

खासगरी यसले सुगर गरेर राख्छ जसले यो एक बेट्रीको रुपमा काम गर्छ । यसै कारण जब तपाईं कैयौं पटक व्रत बस्नुहुन्छ वा पर्याप्त मात्रामा गुलियो पदार्थ लिनुहुँदैन त्यतिखेर पनि आवश्यकता अनुसार तपाईंलाई कलेजोमार्फत उर्जा मिल्छ ।

कलेजोले मेटाबोलिज्म नियन्त्रण गर्छ

कलेजोको काम पुरै शरीरको मेटाबोलिज्म लाई नियन्त्रित गर्ने हो । हामीले जे खान्छौं वा पिउँछौं सबै यससम्म पुग्छ र फेरि कलेजोले त्यसबाट आवश्यक तथा अनावश्यक तत्वको रुपमा बाँडेर त्यसको प्रयोग सुनिश्चित गर्छ ।

कलेजोले आवश्यक तत्वलाई रगतको माध्यमबाट शरीर अन्य भागसम्म तथा अनावश्यक तत्वलाई शरीरबाट बाहिर निकाल्नको लागि उपयुक्त अंगमा पुर्याउँछ । कलेजो बिना शरीरका अनावश्यक पदार्थहरुलाई बाहिर निकाल्न धेरै मुश्किल हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment