Comments Add Comment

कम्युनिस्टले कर्मचारीभित्र राजनीति छिराए : देउवा

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले कर्मचारीतन्त्रलाई पार्टीप्रति प्रतिवद्ध बनाउन खोजेको आरोप लगाएका छन् ।

कांग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियन (संघ) को स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले कम्युनिस्टका कारण आफ्नो पार्टी पनि कर्मचारीतन्त्रमा राजनीति गर्न बाध्य भएको जिकिर गरे । आफ्नो पार्टी कर्मचारीतन्त्रलाई स्वतन्त्र राख्नुपर्छ भन्नेमा दृढ रहे पनि कम्युनिस्टहरुले गरेको गलत अभ्यास रोक्न पनि राजनीति गर्नुपरेको दावी गरे ।

‘कम्युनिस्टहरु पार्टीप्रति प्रतिवद्ध ब्युरोकेसी चाहन्छ । पुलिसलाई पनि पार्टीप्रति प्रतिवद्ध बनाउने प्रयत्न गरिरहको छ’, सभापति देउवाले भने, ‘अरुले त्यसै गरेपछि हामीले पनि त्यसै गर्नुपर्‍यो । कर्मचारीतन्त्रमा कम्युनिस्टको गलत अभ्यास रोक्न पनि गर्नैपर्‍यो के गर्ने ?’

सभापति देउवाले आफ्नो पार्टीले प्रमुख प्रतिपक्षीको भूमिका रचनात्मक ढङ्गले निर्वाह गरिरहेको बताएका छन् । ‘कोही कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्नै सकेन भन्छन् । कोही बढी भयो भन्छन्’ देउवाले भने ‘तर हामी प्रमुख प्रतिपक्षीको भूमिका रचनात्मक ढङ्गले प्रभावकारी रुपमा निर्वाह गरिरहेका छौं ।’

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कर वृद्धिले जनता बाँच्न नसक्ने अवस्थामा पुगेको भन्दै यसका विरुद्ध कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘१ सय प्रतिशत होइन, ५ सय प्रतिशत, १ हजार प्रतिशत कर बढेको छ’, सिटौलाले भने ‘यो अवस्थामा कांग्रेसले आफ्नो भूमिका प्रभावकारी बनाएर जनतामा जान सक्नुपर्छ ।’

नेता सिटौलाले कम्युनिस्टको सरकार छोटो समयमै अत्यन्तै अलोकप्रिय भएको भएको आरोप समेत लगाएका छन् । ‘केन्ऽदेखि सबै प्रदेशसम्म २ नम्बर बाहेक अन्यत्र कम्युनिस्टको सरकार छ’, सिटौला भन्छन्, तर कम्युनिस्टको कार्यशैलीका कारण यति छोटो समय ६/७ महिनाकै अवधीमा अलोकपि्रय भएको छ । यस्तो इतिहासमा विरलै देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment