Comments Add Comment

तस्वीरमा हेर्नुहोस् अनमोलकी हिरोइन उकुसा

नायक अनमोल केसीले काम गर्न लागेको आठौ चलचित्र ‘ब्याचर बन्टी’ छायांकन अगावै चर्चामा छ । यो चलचित्रमा अनमोलले लिएको पारिश्रमिदेखि लिएर उनको भूमिकाको बिषयमा दर्शकमा कौतुहलता बढ्दै गएको छ । यहीविचमा, यसको निर्माणपक्षले चलचित्रका लागि नयाँ नायिका फाइनल गरेको छ ।

मोडल उकुसा गिरीलाई अनमोलको जोडीको रुपमा प्रस्तुत गर्ने तयारी निर्देशक मिलन चाम्सले गरेपछि उकुसा पनि अहिले चर्चामा छिन् । विभिन्न सौन्दर्य प्रतियोगीता जितेकी उकुसा र अनमोलको उचाइ मिलेको चर्चा समेत छ । अनमोलले आठौ चलचित्रसम्म आइपुग्दा पनि फ्रेस अनुहारसँग नै काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment