Comments Add Comment

‘इन्टु मिन्टु लण्डनमा’को ‘जुरायो’ गीत रिलिज, भिडियो मेकिङ उत्कृष्ट

कोरियोग्राफरबाट चलचित्र निर्देशक बनेकी रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को तेश्रो गीत ‘जुरायो’ सार्वजनिक भएको छ ।

यो गीतले विशेषगरि, बिबाहको माहोललाई देखाउन खोजेको छ । गीतको भिडियो मेकिङ उत्कृष्ट छ । गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सारुक ताम्राकारलाई फिचरिङ गरिएको छ । चलचित्रमा नायक धिरज मगरको मुख्य भूमिका छ ।

यो गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत, राजेश पायल राई र मेलिना राइको स्वर छ । विक्रम लामा र एन्जिला खत्रीले यो भिडियोको कोरियोग्राफी गरेका हुन् ।

असोज ५ गतेबाट रिलिज हुने यो चलचित्रले नेपाली चलचित्रलाई अर्को तहमा लैजाने दाबी निर्देशक राइको छ । उनले, मेकिङ र चलचित्रको कथामा विशेष ध्यान दिएको बताइन् । प्रभु शमशेर राणा र प्रज्वल शमशेर जबराले यो चलचित्रको निर्माण गरेका हुन् । चलचित्रले उत्कृष्ट व्यापार गर्ने अड्कल हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment