Comments Add Comment

अनसन बस्ने सामाजिक परिचालकको चेतावनी

२१ भदौ, बुटवल । प्रदेश नम्बर ५ का सामाजिक परिचालकहरुले रिले अनशन सुरु गर्ने चेतावनी दिएका छन् । नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश ५ ले बुटवलमा पत्रकार सम्मेलन गर्दै भदौ ३१ गतेभित्र आफ्ना माग पूरा नभए असोज १ गतेबाट रिले अनसन थाल्ने चेतावनी दिएको हो ।

नेपाल सरकारले नौ वर्षदेखि काम गर्दै आएका देशभरका सामाजिक परिचालकहरुलाई असार महिनाबाट पदमुक्त गरेको भन्दै पुनः काम गर्ने वातावरण बनाइदिनुपर्ने उनीहरुको माग छ । सरकारलाई दबाव दिने उद्देश्यले उनीहरुले २१ दिनसम्म सडक आन्दोलन गरेका थिए ।

सरकारको सम्पूर्ण सेवा सुविधा उपलब्ध गराई हाललाई कार्यालय सहायक पदमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताको आधारमा एकपटक उमेरको हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानीय तहमा समायोजन गर्नु पर्ने संघकी प्रदेश ५ संयोजक रोमा क्षेत्रीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment