Comments Add Comment

द भ्वाइस अफ नेपाल र हाम्रो पात्रोबीच सहकार्य

२१ भदाै, काठमाडौं । विश्वकै चर्चित गायन रियालिटी शो “द भ्वाइस” को नेपाली संस्करण (फ्रेञ्चाइज) द भ्वाइस अफ नेपाल र नेपालको सबैभन्दा बढी डाउनलोड भएको जीवनशैली एप हाम्रो पात्रोबीच पहिलो सिजनको एकापसी सहकार्यका लागि सम्झौता भएको छ । यो सम्झौतासँगै हाम्रो पात्रो अब द भ्वाइस अफ नेपालको आधिकारिक डिजिटल मेडिया पार्टनरको रुपमा अगाडि आएको छ ।

यो सम्झौतासँगै अबका दिनमा हाम्रो पात्रो प्रयोगकर्ता तथा द भ्वाइस अफ नेपालको दर्शक श्रोतासम्म यो सिजनका हरेक एक्लुसिभ सामाग्री, अडियो सामाग्री, ताजा गतिविधिका हरेक अपडेटहरु तथा प्रत्यक्ष प्रसारण समेत हेर्न सकिने ANC Event Management का प्रल्हाद सिंह महतले बताएका छन् ।

सम्झौतालगत्तै हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष देवकोटाले भने, ‘निरन्तर विश्वस्तरका मिडिया सामाग्रीहरु हाम्रो लाखौं प्रयोगकर्तासम्म जोड्दै लैजानु हाम्रो मूल उद्देश्य हो र द भ्वाइस अफ नेपालको यो ठूलो सांगितिक यात्रामा हामीले सङ्गीतकर्ममा विश्वास राख्ने र अस्था राख्नेहरुका लागि सहयात्री बन्न पाउँदा खुशी लागेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment