Comments Add Comment

तीज कार्यक्रममा उठेको रकमले सुदूरपश्चिमका ४५ बलात्कार पीडितको पुनर्स्थापना

अस्ट्रेलिया / दिदीबहिनी समाज भिक्टोरियाले बिगत चार वर्षदेखि मेलबर्नमा आयोजना गरिने तीज कार्यक्रमबाट संकलित रकम बलात्कार पीडित महिलाहरुलाको पुनर्स्थापनामा सहयोग गर्दै आएको छ ।

दिदीबहिनी समाजले स्थानीय संस्थाहरुसँग सहकार्य गरी नेपालको सुदूरपश्चिमका ४५ जना बलात्कार पीडित महिलालाई पुनर्स्थापनाका लागि सम्पूर्ण खर्च ब्यहोर्दै आइरहेको छ । संस्थाले हरेक वर्ष सहयोग रकम बढाउने गरेको छ ।

नेपालमा गत वर्ष एक हजार ४८० बलात्कारका घटना भएका थिए । जुन प्रतिदिन सरदर करिब ४ जना बलात्कृत हुने गरेको तथ्यांकले देखाउँछ ।

बलात्कारका घटना बढिरहेकोले दिदीबहिनी समाज भिक्टोरियाले मेलबर्नमा आयोजना गरिने अत्यधिक तीजको संख्या घटाउने र नेपालका बलात्कृत महिलालाई पुनर्स्थापनाको लागि संकलित रकम बढाउने उद्देश्यअनुरुप ‘संस्कृति जोगाऔं, आशा जगाऔं’ भन्ने नाराका साथ पहिलो पटक नेपाली असोसियसन अफ भिक्टोरिया (न्याभ) सँग संयुक्त तीज कार्यक्रम गरेको छ । कार्यक्रममा ६०० भन्दा बढीको उपस्थिति थियो ।

त्यस्तै जिलोङमा आयोजित तीज कार्यक्रममा संकलित रकम दिदीबहिनी समाज भिक्टोरियामार्फत नेपालका बलात्कृत महिलालाई पुनर्स्थापनाको लागि सहयोग गर्न दिदीबहिनी समाज भिक्टोरियालाई हस्तान्तरण गरिने छ ।

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले यसरी कार्यक्रम आयोजना गर्नुको बहुआयामिक महत्व रहेको र कार्यक्रमबाट संकलित रकम सामाजिक काममा लगाउनुको अझै ठूलो महत्व हुने बताए ।

दिदीबहिनी समाज भिक्टोरियाको तर्फबाट वर्षा केसी राजभण्डारीले नेपालमा बलात्कृत महिलालाई पुनर्स्थापनाको लागि गरिएका प्रयासहरुबारे प्रकाश पारेकी थिइन् । मेलबर्नको कार्यक्रममा दिदीबहिनी समाज भिक्टोरियाका अध्यक्ष जमुना पराजुलीले स्वागत गरेकी थिइन् ।

नाचगानका साथै बिभिन्न रमाइला खेलहरु खेलाइएको जिलोङको कार्यक्रमको सहजिकरण ज्ञानेन्द्र उप्रेतीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment