Comments Add Comment

जोकोभिच यूएस ओपन टेनिसको सेमिफाइनलमा

काठमाडौं । जोन मिलम्यानलाई पराजित गर्दै नोभाक जोकोभिच यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । अष्ट्रेलियाका मिलम्यान तिनी हुन्, जसले रोजर फेडेररलाई हराएर क्वार्टरफाइनलमा स्थान बनाएका हुन् ।

३१ वर्षीय जोकोभिचले ५५ औं बरियतामा रहेका मिलम्यानमाथि ६-३, ६-४ र ६-४ को सेटमा जित हात पारेका हुन् । अब उनले केई निशीकोरीसँग खेल्नेछन् ।

गत वर्ष कुहिनामा लागेको चोटका कारण सर्विभन जोकोभिचले यूएस ओपन गुमाएका थिए ।

विश्व वरियतामा दास्रो स्थानमा रहेका फेडेररलाई हराएर सबैलाई आश्चर्यमा पारेका मिलल्यानले न्यूयोर्कमा समर्थकहरुको राम्रै साथ पाएका थिए । आफ्नो समर्थकहरुसँग कुराकानी गर्दै उनले नोकोभिचमाथि दबाव पनि बढाएका थिए ।

तर, सर्बियन स्टारलाई हराउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment