Comments Add Comment

कैलालीमा चरेसहित एकजना पक्राउ

२१ भदौ, कैलाली । प्रहरीले कैलालीको चुरे गाउँपालिका-५ भिमदत्त राजमार्गबाट एकजनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट खानिडाँडाबाट खटिइएको प्रहरीको टोलीले शंकाष्पद अवस्थामा हिँडिरहेको बेला चेकजाँच गरी सोही ठाउँका ३ण् वर्षे पूर्णबहादुर धामीलाई चरेससहित पक्राउ गरेको हो ।

धामीको साथबाट प्लाष्टिकको झोलाभित्र लुकाएको ८ सय ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीले जानकारी दिए ।

उनले पक्राउ परेका धामी उपर लागू औषध ओसारपसार अन्तर्गत मुद्दा चलाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment