Comments Add Comment

गुल्मीमा तीन क्विन्टल गाजा नष्ट

२१ गुल्मी, भदौ । जिल्ला प्रहरी कार्यालय गुल्मीले घरेलु मदिरा तथा गाजा फडानी गर्ने अभियानलाई तीब्रता दिएको छ ।

प्रहरीले रेसुङ्गा नगरपालिका वडा नम्बर ४ को बिभिन्न ठाउँमा भएको गाजाका बोटहरु फडानी गरेको छ ।

बिहीवार वडा कार्यालयमा एक कार्यक्रमका बीच संकलित तीन कुन्टल गाजा कार्यालय परिसरमै नष्ट गरिएको छ ।

संकलित गाजा नष्ट गर्ने कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, प्रहरी प्रमुख दिपककुमार बस्नेत, वडा नम्बर ४ का वडाअध्यक्ष बिजयकुमार मरासिनी, सामुदायिक प्रहरी समाजका अध्यक्ष कृष्ण भण्डारी लगायतको उपस्थितिमा नष्ट गरिएको थियो ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेलले लागू औषध नियन्त्रण अभियान र घरेलु मदिरा नियन्त्रण अभियानलाई टोलटोलमा लगेर नियन्त्रण गर्न लागि परिरहेको बताए ।
उनले गुल्मी जिल्लालाई स्वस्थ्य समाज निर्माण गर्नको लागि घरेलु मदिरा तथा अबैध गाँजा खेती नष्ट गर्ने अभियानलाई सञ्चालन गरिएको बताए ।

पछिल्लो सयम यता लागूऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि त्यसको अत्य गर्नको लागि अभियान संचालन गरेको गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए ।

उनले सामाजिक बिकृति रोक्ने उदेश्यले यो अभियानले अरुले पनि अनुसरण गर्ने उदेश्यले गाउँ तहसम्म लैजान थालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment