Comments Add Comment

बाघको आक्रमणबाट घाइते तारालाई काठमाडौं पठाइयो

२१ भदौ, गुल्मी । बाघको आक्रमणबाट घाइते भएकी धुर्कोट गाउँपालिका-४ जैसिथोककी ३१ वर्षीया ताराकुमारी पोखरेललाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

बिहीबार बिहान खोरबाट बाख्रा निकाल्ने क्रममा उनलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

राति बाख्राको खोरभित्र पसेको बाघ बिहान बाख्रा निकाल्ने क्रममा बाख्रासँगै बाहिर निस्किने क्रममा तारालाई आक्रमण गरी सख्त घाइते बनाएको प्रहरीले बताएको छ ।

घाइते पोखरेलको टाउको, नाक र घाटीमा गम्भीर चोट लागेको छ ।

उनको जिल्ला अस्पताल गुल्मीमा उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिए ।

बाघले खोरमा एउटा बाख्रो मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment