Comments Add Comment

‘सन् २०२१ सम्म हुआवे नेपालको लोकप्रिय ब्रान्ड बन्छ’

जोयास झु हुआवे नेपालका निर्देशक हुन् । नेपालमा लोकप्रिय हुँदै गरेको हुआवेको मोवाइल व्यापारको व्ययवस्थापन उनले नै गर्दै आएका छन् । लाओस, कम्बोडिया, म्यानमार र मेक्सिकोमा काम गरिसकेका झूसँग अनलाइनखबरले नेपालमा हुआवेको व्यापारका बारेमा कुराकानी गरेको थियो ।

नेपालमा विक्री हुने धेरै जसो फोनहरू आयातकर्ताहरूले देशमा भित्राएर बेचेको पाइन्छ । तर हुआवेले भने नेपालमा कार्यालय नै स्थापना गरेर आफ्नो व्यापार अघि बढाउँदै आएको छ, किन ?

हामीले नेपालमा कार्यालय खोल्नुको मुख्य कारण हो हाम्रो नेपालमा दिर्घकालिन रुपमा काम गर्ने चाहना । हामी अबको ५० वर्षको लागि सोच्दैछौँ । हामी यहाँ खालि पैसा कमाउने उद्देश्य लिएर आएका होइनौँ । हामी यहाँ आफ्नो छाप छोड्न आएका हौँ ।

फोन बेच्नुका बाहेक हुआवेले नेपालमा अरु के के काम गरिरहेको छ?

हुआवेको नेपालमा चार प्रमुख विजनेसहरू छन् । त्यस मध्ये पहिलो हो मोवाइल फोन र ट्याबलेट जस्ता कन्जुमर प्रोडक्ट बेच्ने व्यापार । हामीले नेटवर्किङ उपकरणहरू, कम्प्युटर प्रविधिसँग र क्लाउड सम्बन्धित सेवाहरू पनि दिने गरेका छौँ । नेपाली बजार खासै ठूलो छैन र अर्थतन्त्र पनि त्यति ठूलो होइन । हुआवेको अहिले १७० देशमा उपस्थिति छ र हामी संसारका करिब ३० प्रतिशत मानिसहरूसित प्रत्यक्ष/ अप्रत्यक्ष रुपमा जोडिएका छौँ । हामी संसारभर काम गर्न चाहन्छौँ ।हामी आफ्नो ब्रयाण्डलाई विश्वव्यापी बनाउन चाहन्छौँ ।

नविनतम प्रविधिको विकास र प्रयोग हुआवेको सबल पक्ष मानिन्छ । हुआवेले अहिले नयाँ प्रविधिमा के के काम गरिरहेको छ ?

हामीले हरेको वर्ष अनुसन्धान र डिजाइनमा धैरै लगानि गर्ने गरेका छौँ । हामीले आफ्नो आमदानी को १४ प्रतिशत हिस्सा अनुसन्धानमा नै लगानि गर्ने गरेका छौँ । भारत। चीन, जापान, फ्रान्स र अमेरिका जस्ता देशहरूमा हाम्रा अनुसन्धान केन्द्रहरू छन् जहाँ नविनतम प्रविधिको विकास हुने गरेको छ । हरेक देशमा रहेको अनुसन्धान केन्द्रले फोनको एउटा पटोमा काम गरिरहेको हुन्छ । उदाहरणका लागि फ्रान्समा डिजाइनमा काम हुन्छ। जर्मनीमा प्रविधिमा । हाम्रो क्वाड प्रोसेसर र ए आई क्यामरा यिनै केन्द्रहरूमा विकास गरिएका हुन् ।

तपाईँले हुआवेका सबै फोन नेपाल ल्याउने गर्नु भएको छ कि छैन ?

हामीले सबै फोन नेपाल ल्याउँदैनौँ । हामी बजारमा अरुले जस्तो धेरै किसिमका फोन ल्याउँदैनौँ । हामी नेपालमा विक्रि हुने खालको फोन मात्र यहाँ ल्याउँछौँ । यसै पनि हुआवेले हरेक वर्ष बजारमा ल्याउने भनेको ६-७ ओटा मोडल मात्रै हो । नेपालमा हामीले ४ सिरिजका फोन बेच्छौँ – पी, वाई, मेट र नोभा ।

हुआवेले हालै बजारमा ल्याएको नोभा फोनका विशेषता के के छन् ?

नयाँ नोभा फोन फ्यासन र स्टाइलमा अब्बल देखिन चाहने युवाहरूका लागि बनाइएको हो । हामीले नोभा सिरिजमा क्यामेरामा बढि मिहिनेत गरेका छौँ । यसमा २४ मेगापिक्सल क्यामेरा छ र यो फोनले खिचेका सेल्फीहरू अतुलनिय छन् । हामीले यसको डिजाइनमा पनि निकै नयापन दिएका छौँ । यो फोन साँच्चै नै सुन्दर छ ।

नेपाली बजारमा हुआवेले सामना गर्नु परेका चुनौतिहरु के के हुन् ?

नेपाली बजार निकै चुनौतिपूर्ण नै छ । हाम्रो पहिलो चुनौति भनेको यहाँ जो अस्थिर नीति हो । दोस्रो चुनौति हो अस्थिर विदेशी मुद्रा विनिमय दर । त्यसमाथि अहिले सरकारले आयातमा कर बढाएको छ र यसका कारण फोनको मूल्य बढाउन हामी बाध्य भएका छौँ । धेरै नेपालीहरू विदेशमा बस्छन् र उनीहरू आफ्नो देश फर्किँदा नयाँ फोन लिएर आउँछन् र यहाँ उपहारको रुपमा साथी भाइलाई दिन्छन् अथवा विक्रि गरिदिन्छन् । यसले पनि चुनौति थपिएको छ ।

तपाईँहरूले विज्ञापनमा चाहीँ कति खर्च गर्नुहुन्छ ?

हामीले आफ्नो बजेट को १० प्रतिशत वजार विकास र ब्रान्डिङमा खर्च गर्ने गरेला छौँ । हामी हाम्रा फोनहरू बजारमा पाइने अरु फोनहरूभन्दा फरक रहेको देखाउन चाहन्छौँ ।

नेपाली उपभोक्ताले हुआवे नै किन किन्ने त ?

नेपालमा हामीले देखेका छौँ कि हाम्रो फोनको सिफारिस दर निकै उच्च छ । कसैले हआवे फोन किन्छ भने उसले आफ्ना साथी र नाता गोतालाई हुआवे फोन नै किन्ने सिफारिस गर्छ । हाम्रो फोन निकै गुणस्तरिय पनि छ र धेरै समय पनि टिक्छ । सन् २०२१ सम्ममा हुआवेलाई नेपालको सबैभन्दा लोकप्रिय ब्रान्ड बनाउने लक्ष छ हाम्रो ।
हामीले गत वर्ष बजारमा ल्याएको नोभा २-आई ले आफ्नो सग्मेन्टमा ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।

नयाँ नोभा फोनप्रति ग्राहकहरूको रेस्पोन्स कस्तो छ ?

सोचे भन्दा राम्रो । पहिलो दिनको २ घण्टा मै २,००० थान फोन विक्री भए । केही दिनसम्म त बजारको माग धान्नै गाह्रो परेको थियो । तर अहिले बजारमा सर्वत्र उपलब्छ गराउन सफल भएका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment