Comments Add Comment

‘जय भोले’ ट्रेलर रिलिज, स्वस्तिमाका लागि खगेन्द्र, सौगात र सलोनको लडाई

चलचित्र ‘जय भोले’को कमेडी संवादले भरिएको ट्रेलर सार्वजनिक भएको छ । दशैमा रिलिज हुने बताइएको यो चलचित्रको ट्रेलरमा मुख्य कलाकार खगेन्द्र लामिछानेलाई बढी प्राथमिकता दिइएको छ ।

उनको साथमा चलचित्रका मुख्य कलाकारहरु सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, वुद्दि तामाङ, राजाराम पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुषाल लगायतलाई चलचित्रमा देख्न सकिन्छ ।

अशोक शर्माले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा किरण शर्मा, कृति शर्मा र अंकित शर्माको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन, खगेन्द्र लामिछानेको कथा, वन नेपाल स्टन्ट टिमको एक्सन, राजनराज सिवाकोटीको संगीत रहेको चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

चलचित्रको ट्रेलरमा नायिका स्वस्तिमाका लागि मरिहत्ते गर्ने खगेन्द्र र सलोनको कथालाई देखाइएको छ । खगेन्द्रको संवाद शैलीले दर्शकलाई मनोरञ्जन दिएको छ । चलचित्रका निर्देशक अशोक शर्माले ट्रेलरमा कमेडी पाटोलाई देखाइएतापनि दर्शकले भावानात्मक पाटोलाई पनि चलचित्रमा हेर्न पाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment