Comments Add Comment

सात दिनभित्र न्यूनतम तलब दिन ट्रेड युनियनको अल्टिमेटम

२१ भदौ, विराटनगर । व्यापारिक तथा औद्योगिक प्रतिष्ठानले मजदुरलाई राज्यले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै संयुक्त ट्रेड युनियनले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै संयुक्त ट्रेड युनियनले राज्यले एकसाता भित्र साउन १ देखि लागू गरेको न्यूनतम पारिश्रमिक अझै कार्यान्वयनमा नआएको बताउदै आन्दोलन गर्ने चेतावनी दिएको हो ।

नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल समाजवादी ट्रेड युनियन महासंघले राज्यले साउन १ गतेदेखि लागु गरेको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्न माग गरे ।

न्यूनतम पारिश्रमिक ऐन कार्यन्यन नगरे आन्दोलन गर्ने ट्रेड युनियन कांग्रेस प्रदेश १ अध्यक्ष नारायणबाबु कार्कीले बताए । विराटनगरमा रहेको उद्योग संगठन र मोरङ व्यापार संघले न्यूनतम पारिश्रमिक वितरण गर्न नसकिने बताउदै आएका छन् ।

औद्योगिक प्रतिष्ठानले न्यूनतम पारिश्रमिक तत्काल लागु नगरे आन्दोलन गर्ने अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ अध्यक्ष किशोर धमलाले बताए । उनका अनुसार प्रदेश १ का ५० हजार मजदुरहरु कार्यरत छन् ।

तीमध्ये करिब १५ प्रतिशत मजदुर मात्र संगठित छन् । सरकारले साउन १ गतेदेखि लागुहुने गरी न्यूनतम पारिश्रमिक १३हजार ४सय ५० रुपैयाँ तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment