Comments Add Comment

जर्मनीले र विश्वविजेता फ्रान्सले अंक बाँडे

२२ भदौ, काठमाडौं । यूईएफए नेशनल लिगमा जर्मनीले विश्व विजेता फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको छ ।

क्रोएसियालाई हराउँदै विश्वकप जितेको फ्रान्सले बिहीबार राति भएको खेलमा जर्मनीसँग अंक बाँडेको हो ।

पहिलो हाफमा दुबै टिमको प्रदर्शन राम्रो थिएन । तर, दोस्रो हाफमा सुधारिएको प्रदर्शन रह्यो ।

फ्रान्सका फवार्ड एन्टोनी ग्रिजम्यानको प्रहार जर्मन गोलरक्षक नुयरले उत्कृष्ट बचाउ गरे । जर्र्मनीका मार्को रेउस र मिथायस जेन्टरको गोल गर्ने प्रयासलाई फ्रान्सका लागि डेब्यू गरेका गोलकिपर अल्फोन्स अरिओलाले रोकेका थिए ।

फ्रान्सले दोस्रो खेलमा नेदरल्याण्ड्सँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment