Comments Add Comment

यसकारण तोडिएको थियो करिश्मा र अभिषेकको ईंगेजमेन्ट

बच्चन परिवारको घरमा बुहारी बनेर भित्रिन खुट्टा उचालिसकेकी थिइन् करिश्मा कपुरले । तर, भाग्यमा नलेखिएपछि कसको के लाग्छ ?
बलिउड महानायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चन र अभिनेत्री करिश्मा कपुर पाँच वर्षसम्म अफेयरमा रहे । एउटा वैवाहिक समारोहमा उनीहरुको भेट भएको थियो । करिश्माले एक अन्तरवार्तामा हिराको औठी दिएर अभिषेकले प्रेम प्रस्ताव राखेको बताएकी छन् ।
‘उनले एक्कासी हिराको औंठी दिएर मलाई प्रपोज गरे, मैले नाई भन्नै सकिनँ,’ उनले भनेकी छन् ।

पाँच वर्ष लामो अफेयरपछि उनीहरु वैवाहिक सम्वन्धमा बाँधिन तयार भए । दुवैका परिवारले पनि मञ्जुरी दिएपछि उनीहरुबीच ईंगेजमेन्ट भयो । विवाहको मिति तोकिएको थिएन ।

तर, ईंगेजमेन्टको ४-५ महिनापछि अभिषेक र करिश्माबीच ब्रेकअप भएको खबर आयो । दुवैले यसबारेमा औपचारिक नबोले पनि अन्ततः खबर सत्य थियो ।

ईंगेजमेन्टपछि यो जोडी किन अलग्गियो भन्ने प्रष्ट कारण अहिलेसम्म बच्चन वा कपुर परिवारबाट आएको छैन । यद्यपि, यस सम्वन्धमा विभिन्न चर्चाहरु चलेका छन् ।

चर्चाअनुसार ईंगेजमेन्टपछि करिश्माकी आमाले अमिताभ बच्चनसँग छोरालाई उनको सम्पत्तिको केही हिस्सा नामसारी गरिदिन माग गरेकी थिइन् । अभिषेकको फिल्मी करिअर खासै गतिलो नभएको अवस्थामा उनी छोरीको आर्थिक भविष्य सुनश्चित गर्न चाहन्थिन् । तर, आमिताभले उनको माग अस्वीकार गरिदिएका थिए । त्यही भएर उनले बच्चन परिवारलाई छोरी नदिएको बताउने गरिन्छ ।

अर्को चर्चा चाहिँ के छ भने अमिताभ बच्चन र जया बच्चन चाहँदैनथे कि करिश्माले बिहेपछि पनि अभिनयलाई निरन्तरता दिउन् । उनीहरु करिश्मालाई गृहणीको भूमिकामा मात्रै हेर्न चाहन्थे । यो कुरा करिश्मा र उनकी आमालाई मञ्जुर भएन ।

कारण जेसुकै भए पनि सम्भवत उनीहरु एक-अर्काका लागि बनेका थिएनन् । अभिषेकले पछि ऐश्वर्या रायलाई बिहे गरे । उनीहरुको दाम्पत्य सम्वन्ध राम्रै छ । करिश्मा भने श्रीमानसँग डिभोर्स गरेर बसेकी छन् । उनी एक व्यवसायीसँग प्रेममा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment