Comments Add Comment

पारसको स्वीकारोक्तिः हो, हामीले राम्रो खेलेनौं

२२ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एसिया कप छनोटमा राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार गरेका छन् । टिमको खराब प्रदर्शनको जिमम्मा आफू र सिनियर खेलाडीहरुले लिने उनले बताए ।

एसिया कप छनोटमा सुरुमा यूएई र ओमानसँग हारेको नेपालले मलेसिया र सिंगापुर हरायो । तर, अन्तिम खेलमा हङकङसँग हारेपछि चौथो स्थानमा सिमित रह्यो । मलेसिया र सिंगापुरविरुद्ध पनि टिमको प्रदर्शन सन्तोषजनक थिएन ।

शुक्रबार स्वेदश फर्किएका कप्तान पारसले भने, ‘कप्तान र खेलाडी मैले पनि सोचे जस्तो प्रदर्शन गर्न सकिनँ । टिमका रुपमा पनि हामीले राम्रो प्रदर्शन गर्न सकेनौं ।’

नेपालले आफ्नो क्षमताको ४० प्रतिशत मात्र प्रदर्शन गरेको उनको विश्लेषण छ । ‘हामी कसैलाई पनि दोष लगाउन चाहन्नौं । खेलाडीका रुपमा हामीने नराम्रो खेल्यौं । नराम्रो खेलेपछि नजिता राम्रो आउन सक्दैन’ उनले भनेका छन् ।

राम्रो नखेलेको जिम्मेवारी टिममा रहेका सिनियर टिमले लिने समेत पारसले बताएका छन् । ‘यदि हामीले राम्रो गरेको भए युवा खेलाडीहरुले पनि कम दबाव महसुस गर्थे’ उनले भने, ‘हामीसँग राम्रा खेलाडीहरु छन् । हामीले प्रयास पनि ग¥यौं । तर, नराम्रो प्रदर्शन गरेपछि जिम्मेवारी लिन्छौं । हामीले नै नराम्रो खेलेका हौं ।’

एसिया कप छनोट नेपाका लागि राम्रो अवसर भएपनि सदुपयोग गर्न नसकेको उनले बताए ।

सही पोष्र्टमाटम गरौं

कप्तान पारसले अब नेपाली क्रिकेट टिममा रहेका समस्याहरुको सही पोष्टमार्टम गर्ने बेला भएको बताए । आफूहरुले झण्डै एक वर्षका लागि योजना बनाएको भन्दै उनले त्यसलाई आईससी र एसीसीमा पठाउने उनले जानकारी दिए ।

ब्याटिङ नचल्नु पुरानै समस्या हो । यो पटक डटबल समस्याका रुपमा आएको भन्दै उनले त्यसलाई सम्बोधन गर्नु पर्ने बताए । हरेक प्रतियोगिता खेल्न एक साता अघि ब्याटिङ कन्सलट्यान्ट ल्याएर प्रभावकारी नहुने भन्दै कप्तान पारसले अब कम्तिमा ३/४ महिनाका लागि विज्ञहरु ल्याइने बताए ।

यो पटक बलिङ पनि अपेक्षाअनुसार प्रदर्शन हुन सकेन । ‘हामी खेलाडीहरु एक ठाउँमा पुगेपछि ‘स्थिर’ भएको हो पो हो कि’ कप्तान पारसले भनेका छन्, ‘हामी आफूले आफूलाई पनि पश्न गरिरहेका छौं कि अब कसरी अगाडि जाने ?’

‘रणनीतिक रुपमा चुक्यौं कि भन्ने लाग्छ । अब प्रोपर पोष्टमार्टम गर्न जरुरी छ’, उनले अघि भने ।

टिममा नयाँ सदस्यहरु थपेर ५० र २० ओभर खेल्ने केही खेलाडी छुट्याउनु पर्ने उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment