Comments Add Comment

अन्तरीक्षमा पुगेर भए पनि निर्मलाका हत्यारा पत्ता लगाउँछौंः प्रदेश मन्त्री शाह

२२ भदौ, कञ्चनपुर । प्रदेश ७ का आन्तरिम मामिला तथा कानुमन्त्री प्रकाश साहले निर्मला पन्त हत्याका दोषीलाई कानुनी दायरामा ल्याइछाड्ने बताएका छन् ।

राष्ट्रिय मानवअधिकरा आयोगले शुक्रबार गरेको कार्यक्रममा प्रदेशका आन्तरिक मामिलामन्त्री शाहले अन्तरिक्षमा पुगेको भएपनि खोजेर कानुनी दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे । ‘सागरको सात तला मुनी छिरेको किन नहोस्, खोजेर ल्याइन्छ’ मन्त्री शाहले भने, ‘यो घटना जघन्य, पासविक र क्रुर अपराध हो, त्यसैले दोषी उम्कनु हुन्न ।’

मन्त्री शाहले अपराध गरेकालाई नजोगाइयोस् र निदोषलाई नफसाईयोस भन्ने स्थानीयबासीहरुको माग स्वभाविक भएको वताए । ‘अपराधी टाउको उठाएर घुमिराख्ने तर, पीडितले थप असुरक्षित महसुस गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ’ मन्त्री शाहले भने ।

उनले स्थानीयबासीहरुलाई संयमित हुन आग्रह गरे । नागरिक बर्दी बिनाको प्रहरी भएको भन्दै अनुसन्धानमा सहयोग गर्न अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment