Comments Add Comment

फ्याटी लिभरको समस्या किन र कसलाई हुन्छ, यस्तो छ घरेलु उपचार

कलेजोको काम भनेको शरीरमा भएका त्यस्ता सबै चीजहरुलाई प्रशोधन गर्नु हो, जुन हामी खान्छौ वा पिउँछौ ।  यसले रगतमा भएको कुनै पनि प्रकारको हानीकारण विषादीलाई फिल्टर समेत गर्दछ ।

यदी कलेजोमा अधिक मात्रामा बोसो जम्मा भएमा कलेजोको प्रक्रियामा बाधा उत्पन्न हुन्छ । कलेजोमा  वोसो वा फ्याट जम्मा भएको त्यस्तो अवस्थालाई मानिन्छ, जतिबेला कलेजोमा बोसोको मात्रा कुल कलेजोको वजन भन्दा करिब ५ देखि १० प्रतिशत अधिक हुन्छ ।

कलेजोको अनुपातमा कलेजोमा धेरै बासो जम्मा भएमा त्यसलाई फ्याटी लिभर वा हेपेटिक स्टेटोसिस पनि भन्ने गरिन्छ । कलेजोमा केही मात्रामा वोसो जम्मा हुनु सामान्य हो, तर कुनै कुनै अवस्थामा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

कलेजोले पुरानो क्षतिग्रस्त कोशिकालाई मर्मत गरी कोशिकाको पुर्ननिर्माण र मर्मत गर्दछ । तर जब कलेजोमा बारम्बार असर पुग्छ, तब कलेजोमा घाउ हुने गर्छ, जसलाई चिकित्सकीय भाषामा सिरोसिस भन्ने गरिन्छ ।

जीवनशैली परिवर्तन गरेरे पनि फ्याटी लिभर कम गर्न सकिन्छ । तर, कयौ अवस्थाहरुमा यसको कुनै लक्षण नदेखिने हुदाँ फ्याटी लिभर भएको सजिलै पत्ता लगाउन सकिन्न ।

फ्याटी लिभर एक सामान्य अवस्था हो, जसमा दश देखि बीस प्रतिशत मानिसलाई सिसोसिस विना नै प्रभावित पार्ने गर्दछ ।

समयमै पहिचान तथा उपचार नगरेको खण्डमा फ्याटी लिभर यी कारणहरुले गर्दा हानीकारक हुनसक्छ ।

फ्याटी लिभरको लक्षण ?

सामान्यतयाः  फ्याटी लिभरको देखिने किसिमको कुनै लक्षण हुँदैन । यद्यपी, थकान,  पेटमा असजिला भने अवश्य महसुस हुनसक्दछ । त्यस्तै, लिभर सामान्य आकार भन्दा थोरै ठूलो हुनसक्छ । जुन आवश्यक परीक्षण पश्चात्त नै थाहा पाउन सकिन्छ ।

हुन त, लिभलमा अतिरिक्त बोसो भएमा लिभर सुन्निन सक्दछ । र, लिभर सुन्निएमा यी लक्षणहरु देखा पर्दछ ।

-भोक कम लाग्ने

-पेट दुख्ने

-शरीरीक कमजोरी

-थकान महसुस हुनु

-तौल घट्नु

-भ्रम

यदी फ्याटी लिभरले सिरोसिस र कलेजोलाई विफल पारेमा यस्ता लक्षण देखिन सक्छ  । जुन यस प्रकार छन् ः

-भ्रम

-रगत बग्ने

-पेट फुल्ने, तरल पदार्थले पेट भरिने

-पहेलोपना तथा आँखा पहेलो हुने

फ्याटी लिभरको कारण ?

फ्याटी लिभर हुनुमा मदिरापान सबैभन्दा ‘आम’ कारण मानिन्छ । तर मदिरा नपिउने मानिसमा पनि फ्याटी लिभर देखिनुमा भनेे चिकित्सकहरु समेत अचम्मित छन् ।

जबकी शरीरले अधिक मात्रामा वोसो पैदा गरेमा वा खानालाई शक्तिमा परिणत गर्न नसकेमा लिभरमा फ्याट जम्मा हुने गर्दछ । अधिक गुलियो खानेकुरा खादैमा लिभरमा फ्याट जम्मा नभएपनि फ्याटी लिभरमा यसले अवश्य योगदान पुर्‍याउन सक्दछ ।

मदिराबाहेक पनि यी कारणले पनि हुनसक्छ, फ्याटी लिभरको समस्या

-हाइपरलिपिडेमिया वा रगतमा वोसो जम्मा हुनु

-छोटो समयमै तौल घटाएमा

-मोटोपना

-मधुमेह

-आणुवंसिक कारण

-केही औषधीको दुस्प्रभाव

फ्याटी लिभरको प्रकार ?

फ्याटी लिभरको मुख्य दुई प्रकार छन् ।

नन अल्कोहोलिक (मदिरापान) कारण

अल्कोहोलिक कारण

नन अल्कोहोलिक कारण

लिभरमा बोसो जम्मा भएर त्यसलाई कम गर्न समस्या भएमा नन अल्कोहोलिक लिभर रोग विकसित हुने गर्दछ । जुन अल्कोहलसित सम्बन्धित हुँदैन । यो समस्या तब कम हुन्छ, जब लिभरको दश प्रतिशत बोसो कम हुने गर्दछ ।

अल्कोहलिक फैटी लिभर

अल्कोहल फ्याटी लिभर अल्कोहलसित सम्बन्धित लिभर रोगको सबैभन्दा पहिलो चरण हो । धेरै पिएमा लिभरलाई हानी पुग्ने गर्छ । र, जसका कारण लिभरले जम्मा भएको वासो कम गर्न सक्दैन । जबकी अल्कोहल त्याग्नाले मात्र पनि लिभरमा जम्मा भएको वोसो कम हुने गर्दछ । अझ छ हप्तासम्म पनि मदिरा सेवन नगरेको खण्डमा लिभरमा जम्मा भएको सम्पूर्ण वोसो नष्ट हुने गर्दछ ।

नन अल्कोहोलिक स्टीटोहेपाटाइटिस र अल्कोहोलोलिक स्टीटो हेपाटाइटिस

जब लिभरमा अधिकमात्रामा वोसो जम्ने गर्छ, तल लिभर सुन्निने गर्छ । यदी शराब मुल कारण हैन भने यसलाई नन अल्कोहोलिक स्टीटोहेपाटाइटिस भन्ने गरिन्छ । यसले लिभरको कार्यप्रणालीलाई नै प्रभावित पार्ने गर्छ । जुन यस प्रकार छ

-वाकवाकी लाग्ने

-वान्ता हुने

-पेट दुख्ने

-भोक नलाग्ने

-पहेलोपना

यी समस्याको समयमै उपचार नगरेको खण्डमा स्टीटो हेपाटाइटिसले लिभरलाई विफल बनाउनुका साथै कलेजोमा स्थायी घाउ बनाउन सक्दछ ।

गर्भावस्थामा फ्याटी लिभर

गर्भावस्थामा हुने फ्याटी लिभर जटिल तथा गम्भीर स्वास्थ्य सम्बन्धि समस्या हो । यो समस्या भएमा गर्भावस्थाको तेश्रो महिनादेखि यस्ता लक्षण देखिने गर्छ ।

-लगातार उल्टी हुने तथा वाकवाकी लाग्ने

-पेटको दाहिने भाग दुख्ने

-पहेलोपना

यो समस्या प्रसव व्यथा पश्चात्त हराएर जाने तथा यसको स्थायी असर नहुने भएकोले गर्भावस्थामा यो समस्या देखिएमा तुरुन्तै चिकित्सकसित सम्पर्क गर्न जरुरी छ ।

फ्याटी लिभरको जोखिम कारक ?

फ्याटी लिभर भएमा कलेजोमा अतिरिक्त वोसो जम्ने गर्छ । र, मोटोपना तथा अधिक तौल भएका मानिसहरुमा यो समस्या विकसित हुने सम्भावना अत्याधिक हुने गर्दछ । टाइप २ मधुमेहले यसको जोखिम बढाउन सक्छ ।

त्यसबाहेक, यी कारणले पनि फ्याटी लिभरको जोखिम बढाउन सक्छ । जुन यसप्रकार छ

-अत्याधिक मात्रामा मदिराको सेवन

-ओभर  द काउन्टर ड्रग्स

-गर्भावस्था

-उच्च कोलेस्ट्रोल

-ट्राइग्लिसराइडको स्तर उच्च भएमा

-कुपोषण

फ्याटी लिभरको परीक्षण 

विभिन्न परीक्षण द्धारा पनि फ्याटटी लिभरको परीक्षण गर्न सकिन्छ । जसमध्य शारीरीक परीक्षण, लिभर वायोप्सी, रक्त परीक्षण तथा इमेजिङ्ग टेष्ट प्रमुख मानिन्छन् ।

शारीरीक परीक्षण

लिभर सुन्निएमा डाक्टरले पेटको परीक्षण गरेर पनि यसको जानकारी पाउन सक्छन् । त्यस्तै, शरीरमा थकावट महसुस भएमा वा खान मन नलागेमा पनि लिभर सम्बन्धि समस्या देखिनसक्छ । यसबाहेक, मदिरापान, औषधी तथा अन्य रोगका कारण पनि यो समस्या हुनसक्ने भएकोले शारीरक परीक्षण द्धारा पनि चिकित्सकले रोग पत्ता लगाउन सक्दछन् ।

लिभर वायोप्सी

चिकित्सकले एउटा सुईको माध्यमद्धारा लिभरको कोषिका लिकालेर पनि लिभरको वायोप्सी गर्न सक्दछन् । फ्याटी लिभएर भएको पत्ता लगाउने यो नै सबैभन्दा प्रभावकारी माध्यम हो । र, यो परीक्षणद्धारा नै चिकित्सकले सटिक कारण पत्ता लगाउन सक्दछन् ।

रक्त परीक्षण

सामान्य रक्त परीक्षणका क्रममा रगतमा अधिक मात्रामा बोसो देखिएमा पनि फ्याटी लिभरको सम्भावना उच्च हुने गर्छ । यसले फ्याटी लिभरको पुष्टि नगरेपनि लिभर सुन्निनुको कारणबारे पत्ता लगाउन सक्दछ ।

इमेजिङ्ग टेष्ट

लिभरको अल्ट्रासाउण्ड गरेर  पनि फ्याटी लिभर पत्ता लगाउन सकिन्छ । अल्ट्रासाउण्डमा वोसो सेतो क्षेत्रको रुपमा देखिन्छ । त्यस्तै, सिटी वा एमआरआई लगायतका इमेजिङ्गको अध्ययनद्धारा पनि यसबारे पत्ता लगाउन सकिन्छ ।

फ्याटी लिभरको उपचार ?

औषधी वा शल्यक्रिया मात्र फ्याटी लिभरको लागि पर्याप्त छैन । त्यसैले चिकित्सकहरु औषधी दिनुको सट्टा मदिरापान  तथा सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न सल्लाह दिने गर्दछन् । त्यस्तै, गलियो ताथ कोलेस्ट्रोल बढाउने कुरा खान तथा तौल घटाउन सल्लाह दिने गर्दछन् । साथै, रगतमा चिनीको मात्रा नियन्त्रण गरी जोखिम कारकलाई कम गर्न सुझाव दिने गर्दछन् ।

त्यस्तै, मोटोपना तथा अस्वस्थकर खानाका कारण फ्याटी लिभर भएमा चिकित्सकहरु शारीरीक गतिविधि बढाउन तथा चिल्लो खानेकुरा कम गर्न सल्लाह दिने गर्दछन् । त्यस्तै, कम क्यालोरीयुुक्त खानेकुरा खान तथा रातो मासुको सेवन कम गर्न सल्लाह दिने गर्दछन् ।

फ्याटी लिभरबाट कसरी बच्ने ?

स्वस्थ जीवनशैली अपनाएर, खानामा चिल्लो कम गरेर, लिभरलाई संक्रमण हुनबाट बचाएर तथा लिभरको रक्षा गरेर पनि फ्याटी लिभर तथा यसको जटिलताहरुबाट जोगाउन सकिन्छ । त्यस्तै, मादक पदार्थ तथा मदिराको सेवन गर्नबाट बचेर पनि फ्याटी लिभर हुनबाट जोगिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment