Comments Add Comment

यस्तो क्याफे, जहाँ चिया कफी सँगै अजिंगर टक्र्याइन्छ

कल्पना गर्नुहोस्, तपाइँ कुनै क्याफेमा चियाकफी पिउन जानुभयो । मनपर्ने चिया/कफी तथा स्न्याक्स अर्डर गर्नुभयो । तर तपाइँका अगाडि चिया कफीसँगै भयंकर अजिंगर कुँदेर आयो भने के गर्नुहुन्छ ? अजिंगर मात्र होइन टेबलमा गंगटा र अन्य जिवहरु पनि देखा पर्नसक्छन् ।

कम्बोडियाको राजधानी नोम्पेन्हमा यस्तो अनौठो क्याफे रेष्टुरेन्ट खुलेको छ । क्याफेभित्र छिरेर खाँदा तपाइँलाई कुने चिडियाखानामा छिरेको अनुभुति हुनसक्छ ।

आसपासमा चराहरुको चिरबिर, अनेक जातका माछा खेलिरहेका अक्वारियम । टेबलमा खेलिरहेका-दौडिरहेका गंगटाहरु तथा पाहुनाको काँधमा घिसारिने गोही । क्याफेको दृश्य यस्तै हुन्छ ।

क्याफेका मालिक ची रेटीका अनुसार सुरुवातमा ग्राहकहरु, खासगरी महिलाहरु अजिंगर देखेर निकै डराउँथे । तर विस्तारै उनीहरुले सहजता महसुस गर्नथाले । अहिले त ग्राहकहरुले चियाकफीको चुस्कीसँगै अजिंगरसँग सेल्फी पनि लिन्छन् ।

नोम्पेन्हमा एक अर्को बिरालोको थिममा बनेको क्याफे निकै लोकपि्रय थियो । त्यहीँ क्याफेको सफलताको सिको गर्दै सर्पको थिमवाला यो क्याफे खोलिएको हो ।

यसका मालिक ची रेटीका अनुसार धेरै मानिसहरु सर्प तथा छेपारोलाई सत्रु ठान्छन् । उनीहरुको मनबाट डर भगाउने यो सबैभन्दा राम्रो तरिका हो ।

यद्यपि अजिंगरका कारण केही मानिसहरु डराएर अहिलेपनि यो क्याफेमा छिर्दैनन् । तर जति ग्राहक आउँछन् उनीहरुको प्रतिक्रियाबाट रेटी सन्तुष्ट छन् ।

यो क्याफेमा राखिएकामध्ये अधिकांस जिवहरु थाइल्याण्डबाट आयात गरिएको हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment