Comments Add Comment

छिट्टै आउँदैछ नोकिया सेभेन

एचएमडी ग्लोबलले पछिल्ला महिनाहरुमा लगातार मिड रेन्ज तथा बजेट स्मार्टफोन लञ्च गरिरहेको छ ।

अहिलेसम्म कम्पनीले नोकिया ६.१ प्लस, नोकिया ६.१, नोकिया ५.१ प्लस, नोकिया ५.१, नोकिया ३.१ र नोकिया २.१ बजारमा ल्याइसकेको छ ।

अब कम्पनीले नयाँ स्मार्टफोन लञ्च गर्ने तयारी गरिरहेको छ ।

एचएमडीले नोकिया मोबाइल ताइवानको ट्वीटर ह्याण्डलमा एक नयाँ स्मार्टफोनको लञ्चिङसँग सम्बन्धित जानकारी शेयर गरेको छ ।

यद्यपि, कम्पनीले आगामी स्मार्टफोनको नाम खुलाएको छैन । तर अनलाइनमा आइरहेका रिपोर्ट अनुसार कम्पनीले नोकिया एक्स सेभेन लञ्च गर्ने तयारी गरिरहेको छ ।

यसअघि नोकिया एक्स फाइभ र नोकिया एक्स सिक्स चीनमा लञ्च गरेको केही हप्तापछि नै कम्पनीले नोकिया ५.१ प्लस र नोकिया ६.१ प्ल्सको ग्लोबल लञ्च गरेको थियो । कम्पनीले नोकिया एक्स सेभेनलाई विश्वव्यापी रुपमा नोकिया ७.१ प्लस जस्तै रुपमा लञ्च गर्ने सम्भावना रहेको बताइएको छ ।

फेसबुकमा पोष्ट गरिएको टिजर तस्वीरमा स्मार्टफोनको अगाडिको भागलाई क्यामरा एपसँगै देखाइएको छ । यसको अर्थ यो छ कि आगामी स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण विशेषता लो लाइट फोटोग्राफी फिचरयुक्त क्यामरा हुनेछ ।

फेसबुक पोष्टका अनुसार स्मार्टफोनमा १९ः९ आस्पेक्ट रेसियोवाला डिस्प्ले हुन सक्दछ । यद्यपि फोनमा नच डिस्प्ले हुने वा नहुने विषयमा खुलाइएको छैन ।

कम्पनीको ताइवानस्थित फेसबुक पेजमा आगामी स्मार्टफोनका बारेमा जानकारी शेयर गरिएको थियो । ताइवानपछि स्मार्टफोनलाई अन्य बजारमा लञ्च गरिने विश्वास गरिएको छ । यद्यपि, अहिले उक्त पोष्टलाई हटाइएको छ।

नोकिया एक्स सेभेनका बारेमा पछिल्लो केही समयदेखि लगातार विभिन्न खबरहरु सार्वजनिक हुँदै आएका छन् । अघिल्लो महिनामा स्मार्टफोनको डिस्प्ले प्यानलको एक तस्वीर लिक भएको थियो । त्यसमा नोकिया एक्स फाइभ र एक्स सिक्सकै जस्तो डिस्प्लेको माथिल्लो भागमा नच देखिएको थियो ।

नोकिया एक्स सेभेनमा ६ इन्चको स्क्रिन, क्वालकोम स्नापड्रागन ७१० प्रोसेसर, ४ जिबीको र्याम तथा ६४ जिबी इनबिल्ट स्टोरेज हुन सक्नेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment