Comments Add Comment

जब दुई बहिनी बने एकैदिन गर्भवती, एकैचोटि जन्माए जुम्ल्याहा

अमेरिकाको ओहियोमा एउटा अनौठो घटना भएको छ । त्यहाँ बस्ने दुई दिदी बहिनी एकसाथ गर्भवती भए । त्यतिमात्र होइन, दुबै दिदी बहिनीले एकैदिन बच्चा जन्माए । अझ अनौठो त के भने दुबै जनाले नै जुम्ल्याहा बच्चा जन्माए ।

उक्त सबै घटनाक्रमका पछाडि एउटा कारण रहेछ ।

समाचार अनुसार दुई अलग अलग आमाबाट जन्मिएका बच्चाहरु खासमा चम्ल्याहा अर्थात् एकसाथ जन्मिने चार जुम्ल्याहा हुन् ।

दिदी र बहिनीको गर्भबाट जन्मिएका भए पनि चारैजना बच्चाका पिता चाहीँ एउटै हुन् । अर्थात् चारैजना बच्चा एउटै दम्पत्तिका भ्रुण हुन् । जसलाई पछि आधा आधा गरी दुई कोखमा बाँडियो ।

खासमा एनी जोनसन र उनका पति जबी जोनसनले विवाहको लामो समयसम्म पनि बच्चा नजन्मिँदा दुःखी थिए । उनीहरुले गर्भ राख्नका लागि कैयन् कोसिस गर्दा पनि सकिरहेका थिएनन् ।

आफ्ना बहिनी ज्वाइँलाई निकै दुखी देख्दा एनीकी दिदी क्रिसीले एउटा निकै गुनिलो उपाय पहिल्याइन्, जसबाट बहिनी ज्वाइँले सन्तान सुख प्राप्त गर्दथे ।

क्रिसी आफ्नी बहिनीका लागि सेरोगेट मदर बन्न चाहन्थिन् । उनको यो आइडिया एनी र उनका पतिलाई पनि मन पर्यो ।

त्यसपछि तिनैजना कृत्रिम गर्भाधानका लागि चिकित्सा उपचारमा लागे । डाक्टरले सबैभन्दा पहिले एनीको डिम्ब निकाले र त्यसलाई उनका पति जोबीको शुक्रकिटसँग मिलन गराई समागम फर्टिलाइजेसन गराए । त्यसरी विकशित गराइएका दुई भ्रुणलाई एनीकी दिदी क्रिसीको पाठेघरमा प्रत्यारोपण गरियो ।

त्यस्तै थप दुई भ्रुण अन्तिम प्रयास स्वरुप एनी स्वयंको पाठेघरमा पनि प्रत्यारोपण गरियो ।

त्यसको नतिजा साँच्चीकै चमत्कारपूर्ण रह्यो, जुन उनीहरुलाई विश्वासै गर्न कठीन पर्नेखालको थियो । दुबै बहिनी एकसाथ गर्भवती भए । अर्थात् दुबैमा सफलतापूर्वक कृत्रिम गर्भाधान भयो । अन्ततः एकैदिन गर्भवती बनेका दिदी बहिनीले एकै दिन जुम्ल्याहा बच्चा जन्माए । वर्षौँदेखि बच्चाको पखाईमा रहेका एनी र जोबी दम्पत्तिले अन्ततः एकैचोटी चारवटा सन्तान प्राप्त गर्यो । जसमध्ये दुईवटा सन्तान एनीकी दिदीले जन्माइदिएकी हुन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment