Comments Add Comment

२ दिनमा पूजा र आकाशको ‘रामकहानी’ले कति कमायो ?

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘रामकहानी’ले बक्स अफिसमा सुखद सुरुवात गरेको छ । तर, चलचित्रले आफ्नो लगानी सुरक्षित गर्नका लागि अझै लामो रेशको घोडा बन्नुपर्नेछ ।

बक्स अफिसमा यसपटक सुदर्शन थापा निर्देशित चलचित्र भिडन्तको शिकार बन्यो । जसले गर्दा हल बाँडफाँड हुँदा थापाको अघिल्लो चलचित्र ‘म यस्तो गीत गाउँछु’ जस्तो बम्पर ओपनिङ भने यसको भएको छैन ।

चलचित्रलाई नेपालभर वितरक सुनिल मानन्धरले वितरण गरेका हुन् । वितरक मानन्धरका अनुसार कमेडी र लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रले शुक्रबार करिब ३० देखि ३५ लाख हारहारीको व्यापार गरेको छ । केही स्थानको व्यापारिक रिपोर्ट आइनसकेको उनले बताए ।

शनिबार काठमाण्डौ लगायत देशैभर राम्रो कलेक्शन गरेको चलचित्रले ५५ देखि ६० लाख हारहारीको व्यापार गरेको उनको भनाई छ । २ दिनमा चलचित्रले करिब ९० लाखको कमाई गरेको वितरकले जानकारी दिए ।

चलचित्रको वर्ड अफ माउथ राम्रो छ । जसलेगर्दा, यो चलचित्रले आफ्नो सुखद व्यापारलाई निरन्तरता दिने अपेक्षा निर्माणपक्षको छ । तिजको बिदाको फाइदा चलचित्रले उठाउने देखिएको छ ।

काठमाण्डौका मल्टिप्लेक्समा चलचित्रले पाएको शोजमा ठूलो फेरबदल भएको छैन । सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment