+
+

भोज भत्तेरमा राजमाको सेवन गर्दै हुनुहुन्छ ? जान्नुहोस् यी कुरा

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २४ गते १५:३४

चाडपर्वको बेला छ । यतिबेला मिठो-मसिनो खाने र ख्वाउने गरिन्छ । रमाइलो जमघटमा मिठो मसिनो बनाएर खाँदा फुड प्वाइजन हुने समस्या पनि देखिन्छ । भर्खरै मात्र एक सहकारीले आयोजना गरेको तीजको दर खाने क्रममा सैयौं बिरामी भए । त्यसैले खानेकुरा सेवन गर्दा सर्तक हुनुपर्छ ।

हामी मिठोका लागि एकसाथ धेरै थरीका खानेकुरा मिसाएर खान्छौं । तर, यस्ता केही खानेकुरा हुन्छन्, जो आपसमा मिसाउँदा त्यसले नराम्रो असर गर्छ । यस्ता खानालाई विजातिय खानेकुरा भनिन्छ ।

यस्तै समस्या राजमा र चामल एकसाथ सेवन गर्दा पनि हुने बताइएको छ । खासगरी बच्चालाई यस किसिमको खान्कीले असर गर्नसक्छ । किनभने उनीहरुको पाचन यन्त्र कमजोर हुन्छ ।

हुन त राजमा आफैमा मिठो खानेकुरा हो । यसको सेवन स्वास्थ्यका लागि लाभदायक पनि छ । तर, नियन्त्रित मात्रामा सेवन गर्नुपर्छ ।

एक कप उमालेको राजमामा झण्डै १२७  क्योलोरीका साथमा ४८ मिलीग्राम सोडियम तथा ८६० मिलिग्राम पोटाशियम पाइन्छ । जसले शरीरलाई उर्जा प्रदान गर्छ ।

सबै उमेर समूहका लागि उपयोगी राजमामा क्यालोरीको मात्रा कम हुने भएकोले यसको सेवनले तौल पनि बढ्न पाउँदैन ।

तर, यसको अत्याधिक सेवनले भने कब्जियत तथा पेट सम्बन्धि समस्या निम्त्याउनुका साथै क्यान्सरको जोखिम बढाउने गर्छ ।

राजमा – चामलको बेफाइदा

स्वादको दृष्टिकोणले राजमा चामल जति स्वादिलो तथा मिठो मानिन्छ, त्यति नै स्वास्थ्यवर्दक पनि छ । तर राजमामा पाइने फोलिक एसिडले शरीरमा क्यान्सरको जोखिम निम्त्याउनसक्ने हुदाँ चिकित्सकहरु सिमित मात्रामा राजमाको सेवन गर्न सल्लाह दिने गर्छन् ।

त्यसबाहेक, राजमामा पाइने फाइबरले पाचन तन्त्रलाई मजबुत बनाए पनि फाइबरमा पाइने एक अतिरिक्त ग्यास्ट्रोइन्टेस्टाइनल सिस्टमले पाचन प्रकि्रयामा प्रतिकुल प्रभाव पार्न सक्दछ । जसका कारण पेेट दुख्ने, कब्जियत, पाइल्स लगायतको समस्या निम्त्याउन सक्छ ।

यसबाहेक, चामलमा भरपूर मात्रामा कार्बोहाइड्रट्स पाइने हुदाँ नियमित रुपमा राजमा चामलको सेवन गरेको खण्डमा राजमा चामलले बच्चाहरुमा मोटोपनाको समस्या निम्त्याउन सक्छ । र, मोटोपनाकै कारण शरीरमा विभिन्न समस्या निम्तिने हुदाँ  यस तर्फ पनि ध्यान दिन आवश्यक छ ।

त्यतिमात्र हैन, एक कटौरा राजमामा कम्तीमा पनि दश चम्चा बराबर क्यालोरी पाइन्छ, जसको नियमित सेवनले मधुमेहको जोखिम समेत निम्तिन सक्छ ।

राजमाको फाइदा

सामान्यतया, एक कप राजमामा कम्तीमा १५ ग्राम प्रोटिन पाइने हुदाँ यसको सेवन शाकाहारीका लागि समेत निकै उपयोगी मानिन्छ । विशेषगरी , राजमामा फेजोलिन नामक प्रोटिन पाइन्छ, जसले शरीरलाई विभिन्न एलर्जीबाट बचाउँछ । यसबाहेक, राजमामा रेक्टिन्स तथा प्रोटिज नामक तत्व पाइन्छ, जसले  पाचन तन्त्रलाई मजबुत बनाई शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यसका साथै राजमामा भरपूर मात्रामा फाइबर पाइन्छ, जसले तौललाई नियन्त्रणमा राख्नुका साथै पाचन प्रकि्रयालाई चुस्त राख्न मद्दत गर्छ । यसमा पाइने फाइबरले  शरीरमा जमेर रहेको विषाक्तलाई बाहिर निकाल्नुका साथै कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यस्तै, राजमाको सेवनले शरीरमा व्युट्रेट, एसिटेट तथा प्रापिनेट जस्ता फ्याटी एसिडको निर्माण हुन्छ, जसले कोलोन क्यान्सरको जोखिमलाई समेत कम गर्न मद्दत गर्छ ।

राजमामा भरपूर मात्रामा भिटामिन्स, मिनरल्स आयरन, कपर, म्याग्नेसियम, पोटासियम लगायतका तत्व पाइन्छ,जसले शरीरलाई पोषण प्रदान गर्नुका साथै शरीरलाई विभिन्न किसिमको गम्भीर संक्रमण हुनबाट बचाउँछ । यसबाहेक, पनि राजमामा भिटामिन के तथा विटामिन बी ९ भरपूर मात्रामा पाइन्छ ।

राजमाले उच्च रक्तचाप तथा मधुमेहलाई नियन्त्रण गर्नुका साथै रगतमा कोलेस्ट्रोलको लेभरलाई समेत नियन्त्रण गर्न मद्दत गर्छ । राजमामा पाइने एन्टीअक्सिडेन्ट तत्वले क्यान्सर तथा मुटु रोग लाग्नबाट समेत शरीरलाई बचाउँछ ।

त्यस्तै, यसमा रहेको प्रोटिन तथा म्याग्नेसियमले हड्डी मजबुत बनाउनुका साथै बाथ तथा अस्टियोपोरोसिस लगायतका रोगबाट समेत बचाउँछ । त्यतिमात्र हैन, यसले शरीरको प्रतिरोधी क्षमता समेत मजबुत बनाउने हुदाँ बेलाबेलामा राजमाको सेवन शरीरका लागि राम्रो मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?