Comments Add Comment

‘सपना दिदी’को संझौता रकम फिर्ता गरिन् दीपिकाले

नायिका दीपिका पादुकोणले चलचित्र ‘पद्यमावत’पछि कुनै पनि चलचित्र साइन गरेकी छैनन् । अफर जति नै आएपनि दीपिका अहिले नै चलचित्र गर्ने मुडमा भने छैनन् । उनले चलचित्रमा काम नगर्नुको कारण नोभेम्बरमा नायक रणवीर सिंहसँग हुन लागेको बिबाहलाई मानिएको छ ।

तर, दीपिकाले ‘पद्यमावत’ पछि साइन गरेको ‘सपना दिदी’ नामक चलचित्र पनि छाडेको खबर छ । विशाल भारद्धाजको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा दीपिकासँग नायक इरफान खानले काम गर्ने पक्का थियो । तर, एक्कासी इरफान खान बिरामी भएपछि यो चलचित्रको छायांकन स्थगित गरिएको थियो । दीपिकाले पनि इरफान खानसँग मात्र काम गर्ने बताएकी थिइन् ।

तर, अब यो चलचित्रका लागि दीपिकाले लिएको पेश्की रकम फिर्ता गरेको खबर छ । दीपिकाले चलचित्र साइन गर्दा लिएको रकम फिर्ता गरेको र इरफान ठिक भएर फर्किएपछि चलचित्रमा काम गर्ने जानकारी विशाललाई दिएकी छिन् । दीपिकाले यो चलचित्र छाड्नुको कारण उनको बिहेलाई मानिएको छ ।

अब, इरफान खान निको भएर फर्किएपछि के दीपिकाले यो चलचित्रमा काम गर्लिन् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment