Comments Add Comment

सेयर बजारमा पहिरो, कारोबार रकम ३३ करोड नजिक

२४ भदौं, काठमाडौं । साताको पहिलो दिन नै सेयर बजारमा पहिरो गएको छ । अघिल्लो साताको सेयर बजारमा राम्रै सुधार हुने संकेत देखिए पनि आइतबार अधिकांश समूहहरु राताम्मे देखिदा नेप्से परिसूचकमा दोहोरो अंकको पहिलो गएको छ ।

आइतबार १० दशमलव ७९ अंकले ओरालो लागेर १ हजार २ सय १८ दशमलव ९८ बिन्दूमा नेप्से परिसूचक झरेको छ ।

दिनभर भएको ४ हजार ४ सय ८७ वटा कारोबार हुँदा १२ लाख ७२ हजार १ सय ८ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । जसअनुसार ३२ करोड ७० लाख २५ हजार ७ सय ४१ रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी एनआईसी एसिया बैंकको कारोबार भएको छ । जानकी फाइनान्सका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी कमाउँदा ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि सोही हाराहारीमा गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment