Comments Add Comment

यस वर्षको पद्मश्री नयनराजको ‘यार’ र साहित्यकार ताना शर्मालाई

२५ भदौ, काठमाडौं । ०७४ सालमा प्रकाशित कृतिहरुमध्ये नयनराय पाण्डेको ‘यार’ले पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी ‘पद्मश्री साधना सम्मान’ साहित्य साधक डा.तारानाथ शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

डा. शर्मा झर्रोवादी आन्दोलनका प्रणेता थिए भने उनको ‘बेलायततिर बरालिँदा’ कृति आधुनिक नियात्राको मानक मानिन्छ । यारमा पाण्डेले बच्चाबेलादेखि अहिलेसम्मका विभिन्न परिवेशमा आएका साथीहरुको कथात्मक शैलीमा स्मरण गरेका छन् ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले प्रेस विज्ञप्ती जारी गर्दै पद्मश्री पुरस्कार तथा सम्मानको घोषणा गरेका हुन् ।

‘पद्मश्री साहित्य पुरस्कार’ वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये उत्कृष्ट एक साहित्यिक कृतिलाई र ‘पद्मश्री साधना सम्मान’ नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गरी विशिष्ट योगदान दिने व्यक्तित्वलाई प्रदान गरिन्छ ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले वि.सं.०६२ देखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई ‘पद्मश्री साहित्य पुरस्कार’ प्रदान गर्दै आएकोमा ०६६ सालबाट देश तथा विदेशबाट समेत नेपाली भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिलाई यो पुरस्कार प्रदान गर्दै आएको छ ।

वि.सं.०६७ सालखेखि नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट व्यक्तिलाई ‘पद्मश्री साधना सम्मान’ अर्पण गर्दै आएको छ ।

दुवै पुरस्कार र सम्मानको राशी दुई–दुई लाख रुपैयाँ रहेको छ । पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने पनि विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment