Comments Add Comment

इन्धनको मूल्य बढाएको विरोधमा कांग्रेस आईले गर्‍यो भारत बन्द

२५ भदौ, काठमाडौं । पेट्रोल डिजेलको बढ्दो मूल्यको विरोधमा कांग्रेस आईले आज भारत बन्द आह्वान गरेको छ । भारत बन्दको प्रमुख असर बिहार, राजस्थान, महाराष्ट्र, मध्यप्रदेश, छत्तिसगढ, ओडिशा, आन्ध्रप्रदेश, तेलंगाना र कर्नाटकमा देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बन्दका कारण पूर्वी तटवर्ति रेल्वे जोनले १२ वटा रेल बन्द गर्‍यो । मुम्बईम कांग्रेस नेता सञ्जय निरुपमलाई पक्राउ गरिएको छ । उनीमाथि प्रहरीलाई हातपात गरेको आरोप छ ।

कांग्रेस आईका अध्यक्ष राहुल गान्धी वरिष्ठ नेताहरुका साथमा दिल्लीमा विरोध प्रदर्शन गरिरहेका छन् । यसभन्दा अगाडि उनले राजघाटमा महात्मा गान्धीलाई श्रद्धान्जली दिएपछि र्‍याली निकालेका थिए । राहुलका साथ प्रदर्शनमा उनकी आमा सोनिया गान्धी, पूर्वप्रधानमन्त्री मनमोहन सिंह, एनसीपी प्रमुख शरद पवारलगायत छन् ।

बिहारमा जनअधिकार पार्टीका कार्यकर्ताहरुले ट्रेन तथा सडकमा चलिरहेका सवारी साधनमा तोडफोड गरेका थिए । आन्ध्रप्रदेशको विशाखापट्नममा सडक जाम गरेर प्रदर्शन भइरहेको छ । गुजरातमा सडकबीच टायर बालेर विरोध प्रदर्शन गरिएको छ ।

कांग्रेसका अनुसार सरकारको नीतिविरुद्धमा आह्वान गरिएको बन्दमा देशभरका २० विपक्षी पार्टी र कैयौं व्यापारिक संगठनले समर्थन गरिरहेका छन् । यता आम आद्मी पार्टी (आप) ले भने यो बन्दलाई समर्थन गरेको छैन ।

कांग्रेस नेता अजय माकनले आइतबार पत्रकार सम्मेलन गरी भाजपाको राष्ट्रिय कार्यकारिणी बैंठकले महंगी, राफेलमा भएको भ्रष्टाछार, रुपैयाँको घट्दो मूल्य जस्ता जनसरोकारका मुद्दामा कुनै छलफल बताए । आजको बन्दले सरकारलाई इन्धनको मूल्य घटाउन दवाव दिने उनको भनाई छ ।

कति बढ्यो मूल्य ?

भारतमा इन्धनको मूल्य लगातार बढिरहेको छ । आइतबार दिल्लीमा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च ८०.५० भारु पुग्यो डिजेल ७२.६१ प्रतिलिटर पुग्यो । यसैगरी मुम्बईमा पेट्रोलको ८७.८० र डिजेलको ७७.०९ पुगेको छ ।

शनिबार पेट्रोलको मूल्य दिल्लीमा ८० भन्दा उकालो लागेको थियो । डलरको तुलनामा भारुको मूल्य घट्नाले इन्धन महंगिएको हो । पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले अन्तर्राष्ट्रिय कारणले इन्धनको मूल्य बढेको भन्दै यसलाई सरकारले नियन्त्रणमा राख्न नसक्ने बताए ।

‘हामीले तेल डलरमा किन्नुपर्छ । यसले हामीलाई समस्यामा पारिरहेको छ,’ उनले पत्रकारहरुलाई भने ।

तेल निर्यातक राष्ट्रहरुको संगठन ओपेकले समस्या अझ बढाएको उनले बताए । प्रधानका अनुार ओपेकले जुलाईबाट उत्पादन बढाउने घोषणा गरेको भए पनि बढाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment