Comments Add Comment

नेपाल-चीन उर्जा संयन्त्रको पहिलो बैठकको मिति तय

२५ भदौ, काठमाडौं । नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठकको टुंगो लागेको छ । दुवै पक्षको सहमतीअनुसार संयन्त्रको पहिलो द्वीपक्षीय बैठक सेप्टेम्बर २७ र २८ मा काठमाडौंमा हुने भएको हो ।

चिनियाँ पक्षले बैठकमा सहभागीता जनाउनु अघि एजेण्डा पठाउन नेपाली पक्षसंग आग्रह गरेको छ । उर्जामन्त्री बर्षमान पुनसहित उर्जामन्त्रालयका उच्च अधिकारी सम्मिलित आईतबार बसेको बैठकले चीनलाई पठाउने एजेण्डा समेत तय गरिसकेको उनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

बैठकमा नेपाल-चीन बीचको अन्र्तदेशीय प्रशारण लाइन र ग्रिड कनेक्शन, दुई देशको बीचमा जोइन्ट भेन्चरमा निर्माण गर्न सकिने सम्भावित जलविद्युत परियोजना र उर्जा क्षेत्रमा गर्न सकिने अन्य सम्भावनाबारे छलफल हुने उर्जामन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसैगरी गत २१ जुनमा भएको प्रधानमन्त्रीको चीन भ्रमणको बेला नेपालले पठाएका सात वटा जलविद्युत आयोजना र ६ वटा प्रशारण लाइनलाई अघि बढाउने विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।

संयन्त्रको बैठक लगत्तै उर्जामन्त्री पुन चिनियाा समकक्षी नुर बेक्रीको निमन्त्रणामा अक्टोबरमा चीन जाने सचिवालयले उल्लेख गरेको छ । चीन भ्रमणका क्रममा मन्त्री पुनले आफ्ना चिनियाा समकक्षीसंग द्धिपक्षीय वार्ता गर्नुका साथै ‘वेल्ट एण्ड रोड इनर्जी मिनिस्ट्रियल कन्फ्रेन्स’ मा समेत भाग लिने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको चीन भ्रमणको बेला नेपाल र चीनबीच उर्जा सम्झौतामा हस्ताक्षर भएको थियो । नेपालका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चीनका उर्जामन्त्री नुर बेक्रीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त समझदारीअनुसार दुवै देशले उर्जा क्षेत्रलाई मध्यनजर गरेर संयुक्त कार्यान्वयन संयन्त्र बनाउने सहमती भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment