Comments Add Comment

यामाहाले ल्यायो जेडआर ‘स्ट्रिट र्‍याली’

२५ भदौ, काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्‍याली’ सार्वजनिक गरेको छ । ‘स्ट्रिट र्‍याली’ एडिसनको डिजाइन यामाहाको मोडेलहरुबाट प्रभावित छ ।

‘यामाहा रे जेडआर ‘स्ट्रिट र्‍याली’ एडिसन पावर र स्टाइलको उत्कृष्ट समिश्रण हो,’ एमएडब्लु इन्टरप्राइजेज टु-ह्विलर डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भने, ‘हामीलाई विश्वास छ अत्याधुनिक प्रविधि भएको स्टाइलिस स्ट्रिट र्‍याली स्कुटरले स्पोर्टी स्कुटर रुचाउने ग्राहकमा उत्साह थप्नेछ । यामाहाप्रतिको बढ्दो मोहलाई नयाँ स्कुटरले थप उचाइमा पुर्‍याउने अपेक्षा हामीले गरेका छौं ।’

नयाँ रे जेडआर ‘स्टि्रट र्‍याली’का फिचरहरुः
-११३ सीसी ब्लू कोर इन्जिनः उत्कृष्ट पिकअप र उत्कृष्ट माइलेज लागि
-नकल गार्डः चालकको हातको सुरक्षाका लागि
-बोल्ड न्यु भाइजरः थप स्पोर्टी र आकर्षक डिजाइनका लागि
-डिजिटल इन्स्ट्रयुमेन्टल प्यानलः आवश्यक जानकारीहरु समावेश भएको आकर्षक ककपिट
-डिस्क ब्रेक एन्ड एलोई ह्विलः आकर्षक डिजाइन र पूर्ण आत्मविश्वासी ब्रेकिङका लागि ।

नेपालमा यामाहा रे जेडआर ‘स्ट्रिट र्‍याली’को बजार मूल्य रु २ लाख ८ हजार ९ सय रूपैयाँ तोकिएको छ । यो स्कुटर र्‍याली रेड र रेसिङ ब्लू गरी दुई वटा कलरमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment