Comments Add Comment

दशैं, तिहारका लागि सुजुकीको ‘पर्वोत्सव’ योजना

२५ भदौ, काठमाडौं । जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले दशैा र तिहारलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको छ ।  काठमाडौंमा मंगलबारबाट सुरु हुने नाडा अटो शो को पूर्वसन्ध्यामा कम्पनीले पर्वोत्सव योजनाबारे जानकारी दिँदै सम्पूर्ण गाडीहरुमा अफर उपलब्ध हुने जनाएको छ ।

यस योजना अन्तर्गत नाडा अटो शो मा थप छुट समेत उपलब्ध गराउन कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सो छुट सुजुकीको नाडा अटो स्टल नं J17 को साथै नेपालभरिका सम्पूर्ण सुजुकी शोरुममा समेत उपलब्ध हुनेछ ।

‘पर्वोत्सव’ अफर अन्तर्गत ग्राहकले २ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस तथा स्क्रयाच कुपनमार्फत १ लाख रुपैयाँसम्म अतिरिक्त छुट पाउने कम्पनीको भनाइ छ ।

यसबाहेक कम्पनीका २०१७ का सम्पूर्ण मोडलहरुमा तथा नाडा अटो शो को बुकिङमा ग्राहकलाई विशेष छुट दिइने सिजी मोटो कर्पले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment