Comments Add Comment

पर्वका बेला डाट्सनको ‘फेस्टिव हटडिल’

२५ भदौ, काठमाडौं । नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडबाडको अवसरमा ‘फेस्टिव हटडिल’ योजना ल्याएको छ । यो योजना मंगलबारदेखि सुरु हुने नाडा अटो शो बाटै लागू हुने पायोनियर मोटो कर्पले जनाएको छ ।

योजनाअन्तर्गत ग्राहकले डाट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य थुप्रै सुविधाहरु प्राप्त गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एक लाख ६ हजारसम्मको निःशुल्क एक्सोसरिज, दुई लाखसम्मको नगद छुट गरी ३ लाख ६६ हजार ८ सय रुपैयाासम्मको लाभले ग्राहकले पाउने कम्पनीको दावी छ ।

यस्तै नाडा अटो शो बाट बुकिङ्ग गर्ने ग्राहकले समेत २७ हजार बराबरको स्मार्टफोन उपहार पाउने बताइएको छ । डाट्सनको गाडीको खरिदमा ग्राहकले निःशुल्क एक्सोसरिजहरु पाउनुको साथै १ वर्षको निःशुल्क इन्स्युरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्ग र एक वर्षको लागि सडक करको सुविधा पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले गाडी खरिदमा न्यूनतम ८ हजार ४ सय १ को मासिक किस्ताबन्दी योजना उपलब्ध गराएको छ । हालसम्म यति थोरै किस्ताबन्दीमा अरु कुनै पनि कम्पनीले नदिएको उसको दावी छ । एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाा डाट्सनसाग साट्न सक्नेछन् । कम्पनीले हरेक गाडीमा सहज फाइनासको सुबिधा पनि दिएको छ ।

कम्पनीले डाट्सन गाडी खरिद गर्ने ग्राहकले डाट्सन रेडि गो मा अधिकतम २ लाख ७८ हजार दुई सय, डाट्सन गो मा अधिकतम ३ लाख ३५ हजार र डाट्सन गो प्लसमा अधिकतम ३ लाख ६६ हजार ८ सयसम्म छुट दिने अफर अघि सारेको छ ।

आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाा प्रविधि, तथा कम मूल्य आदि डाट्सन गाडीका विशेषता भएको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment