Comments Add Comment

छापामा आजः कुकुर कुट्दा बनेपाका दुई युवा जेल चलान !

२६ भदौ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि पहिलो प्राथमिकतामा प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्ति भएको विषय परेको छ । संसदीय सुनुवाइ समितिबाट सोमबार सर्वसम्मत प्रधानन्यायाधीशमा अनुमोदन भएका मिश्रबारे पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा खबर लेखेका छन् ।

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्यले राजीनामा दिएकोलाई पनि आजका पत्रपत्रिकाहरुले नछुटाइकन प्रकाशित गरेका छन् । छानबिन समितिका सदस्य वीरेन्द्र केसीले सत्यतथ्य ओझेलमा पार्न लागिएको भन्दै समितिबाट अलग भएको घोषणा गरेपछि यो प्रकरण थप पेचिलो बनेको छ ।

अदालतको आदेशपछि गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्या आरोपित छविलाल विश्वकर्मा छुटेकोलाई पनि पत्रपत्रिकाहरुले उत्तिकै महत्त्व दिएर कभरेज गरेका छन् ।

यसका अतिरिक्त वामदेव डोल्पा जाने बाटो बन्द भएको, संसद् सचिवालयले टेन्डरविनै डेढ करोड खर्च गरेको, खानीको जग्गा व्यक्तिको नाम दर्ता भएको, कुकुर कुट्ने र धम्क्याउने बनेपाका दुई युवा जेल चलान भएको समाचार पनि आजका पत्रपत्रिकामा छन् ।

‘नयाँ पत्रिका दैनिकले ‘बलात्कार छानबिनमा सदस्यकै प्रश्न’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । उसले छानबिन समितिबाट अलग भएका वीरेन्द्र केसीको भनाइलाई समाचारको विषयवस्तु बनाएको छ ।

नेकपाका नेता वामदेव गौतम डोल्पा जाने बाटो बन्द भएको अर्को खबर पनि नयाँ पत्रिकामा छ । डोल्पाका सांसद् तथा पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई राजीनामा गर्न लगाएर उनको ठाउँमा उपनिर्वाचन लड्ने दाउ कसेका वामदेवको योजना ती सांसद्ले राजीनामा गर्न इन्कार गरेसँगै तुहिएको छ ।

सांसद् बुढा शुरुमा राजीनामा दिएर वामदेवका लागि ठाउँ खाली गर्न सकारात्मक देखिएका थिए । उनी वामदेवको पक्षमा माहोल बनाउने भन्दै जिल्ला पनि गएका थिए । तर एकाएक राजीनामा नदिने मुडमा पुगेका छन् । नयाँ पत्रिकाका अनुसार बुढाले राजीनामा दिन नमानेपछि वामदेवका लागि राजीनामा गर्ने सांसद्को खोजी नेकपामा शुरु भएको छ ।

ग्रामीण क्षेत्रमा सरकारले प्रवाह गर्दै आइरहेको स्वास्थ्य सेवाबारे मुख्य समाचार लेखेको अन्नपूर्णले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएको, सहारा दिने नाममा बालिकाको बलात्कार गरिएकोलगायत खबर पहिलो पृष्ठमा छापेको छ ।

कान्तिपुरले किशोली बलात्कार हत्या छानबिन समितिका सदस्यले राजीनामा दिएकोलाई मुख्य समाचार बनाएको छ । सर्वोच्च अदालतको फैसलाका कारण खानी विभागको तीनकुनेस्थित १ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको अर्को खबर पनि कान्तिपुरमा छ ।

राजधानीले कुकुर कुट्दा बनेपका दुई युवा जेल परेको रोचक खबरलाई एंकर बनाएको छ । सम्भवत ककुर कुटेकै अभियोगमा म्याद थप गरी मुद्दा चलाइएको यो पहिलो घटना हो ।
समाचार अनुसार बनेपा–७ का संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको हो ।

घर पालुवा जनावर कुटेको उजुरी इलाका प्रहरी कार्यालयले दर्ता गरेपछि खानीखोला गाउँपालिका ७ घर भई हाल बनेका बस्दै आएका १९ वर्षीइ सुरेश ब्लोन र धुलिखेल १ का २८ वर्षिय राज लामामाथि मुद्दा चलाइएको हो । उनीहरुले जोशीको घरमा बाँधेर राखिएका कुकु टमी र कालीलाई रडले हानेर खुट्टा भाँचिदिएका थिए ।

सन्तानझैं माया गरेर पालेका कुकुरलाई कुटपिट गरेको जोशीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment