1. ताजा अपडेट
Comments Add Comment
काजिबा
२०७५ भदौ २७ गते ९:३६
तेरा भारत महान 😏
Bibek khadka
२०७५ भदौ २६ गते १६:३५
Nepal ra bharat ma visa lagaunu parxa.
Bibek khadka
२०७५ भदौ २६ गते १६:३४
Nepal sarkarle Nepal bahiraka Nepali lai nepaliko sangya diyako xina. Aastai pidit haruko najar ma nepal, mero pyaro Nepal hoina mero dusman Nepal vayako xa.
Dipak
२०७५ भदौ २६ गते १४:४०
Best example of Indian democracy! Modi ji, first teach your people to be human than only speak about Nepal!
बलभद्र
२०७५ भदौ २६ गते १४:१४
हाम्रा नेकपाका अद्यक्ष द्वोय लाई मनै नपर्ने खबर ।
Sures Dahal
२०७५ भदौ २६ गते १३:२०
यही हो धोती र नेपालीमा तात्विक फरक । दया धर्म मानबियता भन्ने चिज केही छैन ।
भिखारी राय यादब "निर्दोषी"
२०७५ भदौ २६ गते १३:०८
य्यै सन् होते हमारे ससुरालमे , अपन को ज्यान जोगाना मुस्किल पड्ता हैं इसी लिए नेपालमे रासनकार्ड, आधारकार्ड व क्या हे कि नागरिकता लेनेके मकसद मे सादी करते है नेपाल मे ।
satyaraj b k
२०७५ भदौ २६ गते १३:००
yo ghatanama jati jana ko hat xa ti sabailai janma kaid ra jarywana hunuparxa euta samanya ghatana ma manxe marne
चाचा चौधरी
२०७५ भदौ २६ गते १२:२८
हमारा मोदी कहते तो हमारा भारत माहान हे ।
SR Khatri
२०७५ भदौ २६ गते १२:१५
Tyasai Indian bhaneko hora tiniharulai !!!

बरखीको सामान किन्न हिँडेका युवकलाई पिटिपिटि मारियो

२६ भदौ, काठमाडौं । एक युवक हजुरआमाको बरखीको लागि सामान किन्न घरबाट बजार निस्किन्छन् । मानिसहरुको भिडले उसलाई घेरा हालेर पिट्न थाल्छ । युवक चिच्चाइरहन्छ र तर मानिसहरु मानिसहरु लाठी, चिर्पट बर्साउन छाड्दैनन् । अन्ततः युवकको ज्यान जान्छ ।

मुटु नै काँप्ने यो घटना भारत सीतामढीको हो । सहियारा थाना क्षेत्रको सिगंहरीया गाउँ निवासी रुपेश कुमार झाको हत्या भएको हो ।

रुपेशका अंकल सुनिल कुमार झाका अनुसार भोलिपल्ट उनको आमाको बरखी छ । हजुरआमाको बरखीका लागि आवश्यक पर्ने सामानहरु किन्न रुपेश सीतामढी बजार जाँदाजाँदै बाटोमै मारिए ।

भारतीय सञ्चार माध्यमहरुले निर्दोष व्यक्ति मारिएको र यसमा प्रहरी प्रशासनको लापरवाही भएको समाचारहरु लेखेका छन् । समाचारअनुसार प्रहरीले हत्यामा संलग्न भएको भन्दै १५० जनाविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

यसरी भयो घटना

रुपेश सीतामढी बजार जाँदै थिए । बाटोमा साइड दिने विषयमा पिकअप भ्यान चालकसँग उनको सामान्य विवाद हुन्छ । पिकअप भ्यान चालकले जोडजोडले चिच्चाउन थाल्छन् । मानिसहरु भेला हुन्छन् । त्यो भिडले रुपेशलाई समात्छन् र विना कुनै सोचविचार पिट्न थाल्छन् । रुपेशले जीवन रक्षाको भीख माग्छन् । तर लाठी बर्सिरहन्छ । उनी गम्भीर घाइते हुन्छन् ।

रीगा प्रहरीले ति युवकको उद्धार गरेर सदर अस्पतालमा पठाउँछ । तर उनको अवस्था निकै गम्भीर भएकाले परिवारका सदस्यहरुले प्रसिद्ध डाक्टर वरुण कुमारको क्लिनिकमा पुर्‍याउँछन् । डा. वरुणले पनि उनको अवस्था चिन्ताजनक देखेर अर्को अस्पतालमा रिफर गर्छन् । राति करिब ११ बजे रुपेशको पीएमसीएच भन्ने अस्पतालमा मृत्यु हुन्छ ।

भारतमा भीडले निर्ममतापूर्वक पिटिपिटी मानिसको हत्या गरेको घटना बेलाबेला सार्वजनिक भइरहन्छ । यसले सुशासनको अवस्थालाई खिल्ली उडाइरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1%

खुसी

72%

दुःखी

3%

अचम्मित

1%

उत्साहित

23%

आक्रोशित

ट्रेन्डिङ

Advertisment