Comments Add Comment

आइएमई ग्रुपको जीएसए व्यवस्थापनमा भित्रियो सलाम एयर

२६ भदौं, काठमाडौं । आइएमई ग्रुपको जीएसए व्यवस्थापनमा सलाम एयरले ओमानको मस्कट-काठमाडौं उडान शुरु गरेको छ । मंगलबार बिहान सलाम एयर पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको समय तालिका अनुसार काठमाडौंका लागि विहान ८ः०० बजे अवतरण र ८ः४० मा उडान भर्ने बताइएको छ ।

सलाम एयरको सेवाबारे जानकारी दिन विमानस्थल परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले घोषणा गरेको पर्यटन वर्ष२०२० लाई सफल बनाउन सलामको सेवाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालले यो सेवाको प्रारम्भसँगै मध्यपूर्वका धेरै देशमा आवतजावतका लागि नेपालको सिधा सम्पर्क स्थापित भएको भन्दै पर्यटन भित्राउन ठूलो मद्दत पुग्ने बताए ।

कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक राजकुमार क्षेत्री, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख सुरक्षा अधिकृत कमलबहादुर जीटी, आइएमई ग्रुपका अध्यक्ष हेमराज ढकाल, सलाम एयरका सीईओ क्याप्टेन मोहम्मद अहमद लगायतको उपस्थिति थियो ।

सलामको जनरल सेल्स एजेन्ट व्यवस्थापन आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई इन्टरनेसनल ट्राभल प्रालिले गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment