Comments Add Comment

मोफसल टुरमा धिरज र साम्राज्ञीको क्रेज

नायकद्धय धिरज मगर, सारुक ताम्राकार र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको साथमा निर्देशक रेनशा वान्तवा राई अहिले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को प्रचारका लागि मोफसल टुरमा छिन् । उनीहरुले आज पोखरामा कार्यक्रम गर्दैछन् ।

यसअघि चलचित्रको टिमले विर्तामोड, दमक, धरान, इटहरी, चितवन लगायतका स्थानमा पत्रकार सम्मेलन र दर्शक भेटघाट गरेको छ ।
मोफसलमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक धिरज मगरको क्रेज राम्रो देखियो ।

उनीहरुलाई भेट्नका लागि हरेक स्थानमा उनीहरुका फ्यान पुगेका थिए । धेरै फ्यानले यी दुई कलाकारसँग सेल्फी नखिची जानै नमानेको निर्देशक राइले जानकारी दिइन् । कतिपय स्थानमा फ्यानहरु गिफ्ट लिएर समेत पुगेका थिए ।

नायक-नायिकाको क्रेजका कारण पनि चलचित्र चल्नेमा रेनशा विश्वस्त छिन् । रेनशाले निर्देशन गरेको यो चलचित्रको गीतसंगीत र मेकिङलाई रुचाइएको छ ।

युटुबमा राम्रो क्रेज बनाएका धिरजलाई दर्शकले रुचाइसकेका छन् । यसैकारणले पनि असोज ५ गतेबाट रिलिज हुने चलचित्रले बक्स अफिसमा राम्रो कलेक्शन गर्ने धेरैको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment