Comments Add Comment

अक्षयले बिहेपछि फिल्म खेल्न नदिएको टि्वंकलको गुनासो

बलिउडका धेरै अभिनेत्रीहरु बिहेपछि पनि फिल्म इन्डष्ट्रीमा सक्रिय छन् । तर, टि्वंकल खन्नाले भने बिहेपछि फिल्म खेलिनन् । हालै एक कार्यक्रममा टि्वंकलले श्रीमानका कारण बिहेपछि फिल्म खेल्न नपाएको गुनासो गरिन् । टि्वंकलका अनुसार अक्षयले कहिले पनि उनको अभिनयको तारिफ गरेनन् ।

‘उनी सँधै मेरो अभिनयको मजाक उडाउने गर्थे,’ उनले भनिन्, ‘बिहेपछि फिल्म खेल्ने चाहना भए पनि उनले अनुमति दिएनन् ।’ त्यसो त बिहेअघि पनि टि्वंकलको करिअर खासै सफल थिएन । उनले अभिनय गरेका अधिकांस फिल्म फ्लप छन् ।

‘अहिले सोच्छु कि म साँच्चै राम्रो अभिनय गर्दिन, सायद अक्षयले ठिकै भनेका थिए,’ टि्वंकले भनिन् । अभिनयमा सक्रिय नभएकी टि्वंकल बरु लेखनमा सक्रिय छिन् । हालै मात्र उनको नयाँ पुस्तक आएको छ । उनी सामाजिक सञ्जालमा पनि मनमा लागेका कुराहरु ओकलिरहन्छिन् । र, बेलाबखत विवादमा पनि पर्ने गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment