Comments Add Comment

मसालले भन्योः संघीय संरचना असफल भइसक्यो

२६ भदौ, काठमाडौं । नेकपा (मसाल) ले नेपालको संघीय संरचना असफल भइसकेको बताएको छ ।

महासचिव मोहनबिक्रम सिंहले मंगलबार  प्रेस वक्तव्य जारी गर्दै केही दिनअघि मात्रै प्रदेशका मुख्यमन्त्रीहरुको बैठकका क्रममा प्रकट भएको मतले नै संघीय संरचना असफल भएको प्रस्ट पारेको टिप्पणी गरेका हुन् ।

‘हालै सातवटै प्रदेशहरूका मुख्यमन्त्रीहरू वा उनीहरूका प्रतिनिधिहरूको बैठक र त्यो बैठकमा उनीहरूले प्रकट गरेको मतबाट देशमा सङ्घीय संरचना मुख्यतः त्यसको प्रादेशिक संरचना असफल भएको कुरा प्रष्ट भएको छ ।’ वक्तव्यमा अघि भनिएको छ, ‘त्यो बैठकको छलफलबाट पनि देशमा सङ्घीय संरचना चल्न नसक्ने कुरा प्रष्ट भएको छ ।’

केही दिनअघि मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीसँग अाफूहरूले संविधानले दिएको अधिकारको समेत प्रयोग गर्न नपाएको गुनासो गरेका थिए । उनीहरूले सीडीयोको अधिकारमा कटाैती गर्नु पर्ने, संघीयता कार्यान्वयनका लागि उच्चस्तरीय संयन्त्र निर्माण गर्नुपर्ने माग गरेका थिए ।

साथै, मसालले कालापानीबारे केही सरकारी निकायहरूले नै भ्रामक तथा नेपालको सार्वभौमिकता र अखण्डतामा आँच पुग्ने प्रकारका नक्साहरू प्रकाशित गरेको भन्दै उच्चस्तरीय छानबिन गरी कारबाही गर्न माग गरेको छ ।

भ्रष्टाचार, महङ्गी, करबृद्धि र सङ्घीयतासमेतका विरुद्ध कतिपय जिल्लाहरूमा चलेको आन्दोलनलाईलार्इ समेत चर्काउनले मसालले वक्तव्यमार्फल जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment